स्वास्थ/जीवनशैली
प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार

रुकुम पश्चिम र पूर्वमा आजदेखि हात्तिपाइले रोगको सर्वेक्षण शुरु भएको छ । राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रमअन्तर्गत हात्तिपाइलेको अवस्था पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वेक्षण शुरु गरेको हो । नमूनाका रुपमा रुकुम पश्चिममा १२ र रुकुम पूर्वमा छ गरी १६ विद्यालयमा सर्वेक्षण गर्न लागिएको छ । हात्तिपाइले रोग विरुद्ध छ चरणमा औषधि खुवाइसकेपछि […]


प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

विपन्न नागरिक औषधि–उपचार कार्यक्रम शीर्षकमा चालू आर्थिक वर्षका लागि विनियोजित एक अर्ब १० करोड ५४ हजार गत कात्तिकमै सकिएको छ । त्यसयता केही महिना विपन्नहरूको उधारो उपचार गरेका अस्पतालहरूले अहिले त्यो पनि बन्द गरेका छन् ।‘चालू वर्षको मंसिरदेखि फागुनसम्म अस्पतालहरूले ७८ करोड ७७ लाख १९ हजार सात सय ४६ रुपैयाँबराबरको उधारो सेवा गरेका छन् । चैतदेखि असारसम्म ७२ […]


प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

मरिचलाई मसलाको रुपमा प्रयोग गरिन्छ । मरिचलाई चिया ,अचार, तरकारी आदिमा प्रयोग गरिन्छ।जाडो याममा चियामा मरिच राखेर खादा न्यानो गराउन मात्र नभई स्वास्थ्यलाई फाइदा गर्दछ । यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी […]


प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलवार

कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा गर्मी बढेसँगै बिरामीको चाप अत्यधिक बढिरहेको छ । अस्पतालका अनुसार झाडापखाझाला, बान्ता आउने, टाउँको दुख्ने, रुघा, खोकी, ज्वरोका बिरामी बढेको छ । वैशाखको पहिलो सातादेखि नै यहाँ बिरामीको चाप बढेको अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले बताउनुभयो । ‘सबैभन्दा बढी झाडापखालाका बिरामीको सङ्ख्या बढ्दैछ’, उहाँले भन्नुभयो, “यो महीना मात्रै पखालाका १७५ […]


ausadhi
प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

जाजरकोटमा महामारी रोक्न म्याद गुज्रेको औषधि पठाएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले महामारी फैलन सक्ने ठाउँमा पठाएको औषधिको म्याद बाटोमै गुज्रेको हाे । गर्मीयाम सुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइड, ज्वरोजस्ता समस्या देखिन थालेका छन् । यस्तो अवस्थामा औषधि अभाव हुन नदिन जिल्लाका मुख्य स्वास्थ्य संस्थामा तयारी हालतमा राख्ने भन्दै ती औषधि पठाइएको हो । जिल्ला […]


प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलवार

जिल्लाको हिमाली गाउँपालिका–५ बँच्छ्या, क्युडी त्यस्तै ६ नं वडाको पाडीमा फैलिएको भाइरल ज्वरोको सङ्क्रमण अहिले सामान्य हँुदै गएको छ । सिङ्गो गाउँ नै प्रभावित हुने गरी फैलिएको सङ्क्रमण दिनप्रतिदिन सामान्य हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । रोगको सङ्क्रमणबाट प्रभावित बिरामी निको हुँदै गएका छन् भने थप व्यक्तिमा सङ्क्रमण नदेखिएको कार्यालय प्रमुख अशोक सिंहले […]


प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलवार

नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ। मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो। धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ। यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ छ। नेपालमा हरेक वर्ष […]


प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

हुम्लाको ताँजाकोट गाउँपालिकामा रुघाखोकीको प्रकोप रोक्न चिकित्सक र औषधिको टोली पुगेको छ । प्रकोप फैलिएको २० दिनपछि आइतबार सेनाको हेलिकोप्टरबाट चिकित्सक टोली ताँजाकोट पुगेको हो । हालसम्म रुघाखोकीबाट नौजनाले ज्यान गुमाइसकेका छन् । ताँजाकोटमा रुघाखोकीबाट दुई सयभन्दा बढी बिरामी परेका छन् । यहाँ औषधिको चरम अभाव भएको थियो । सदरमुकामबाट ४५ कोस टाढाको यस गाउँमा १९ दिनसम्म कुनै सरकारले डाक्टर […]


प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिले तितेकरेलाको सेवन गर्नु हुदैन । गर्भवती हुनुहुन्छ ? करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले त्यस्तो आवस्थामा करेला खाँदा ध्यान पुर्याउन […]


प्रकाशित मिति: २१ चैत्र २०७५, बिहीबार

सामान्यरुपमा खानपान तथा व्यायाममा ध्यान दिनसके मिर्गौलासम्बन्धीको रोग नलाग्ने चिकित्सकले बताएका छन् । उच्च रक्तचाप र मधुमेह भएका बिरामीलाई मिर्गौलासम्बन्धीको रोग लाग्ने सम्भावना अधिक हुने भएकाले साना कुरामा ध्यान दिनसके पनि रोगबाट बच्न सकिने मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बताउनुभयो । विश्व मिर्गौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेसनद्वारा आज राजधानीमा आयोजित सचेतनामूलक कार्यक्रममा डा […]




ताजा अपडेट