समाचार
sagarmatha-jananinepal
प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार

८ जेष्ठ २०७५ सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा एक जापानी नोबुकाजु कुरीकीको मृत्यु भएको छ । सगरथामाथा आरोहणका क्रममा शिविर ३ पुगेर फर्कने क्रममा आइतबार राति समूहका पथप्रदर्शकसँग सम्पर्कविहीन ३६ वर्षीय कुरीकीलाई खोज्ने क्रममा आज बिहान मृतावस्थामा भेटिएको प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभयो । कुरीकी गत चैत २० गते बोचीबोची ट्रेक एक्सपिडिसन कम्पनी लाजिम्पाटमार्फत […]


प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार

काठमाडौँ, ८ जेठ- सरकारले आगामी आर्थिक वर्षका लागि १०३ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको वर्तमान सरकारबाट राष्ट्रले ठूलो अपेक्षा गरेको भन्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको थियो । नेपाललाई सुखी र समृद्ध राष्ट्रका […]


प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार

लुम्बिनी, ८ जेठ – रुपन्देहीको मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको एकैपटकमा मृत्यु भएको छ । चारैजना बालिका मुश्लिम समुदायका हुन् । उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ सोकमा डुबेको छ । सोमबार दिउसो १२ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । प्रहरी […]


प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

जेठ ७, चितवन । पुर्वि चितवनमा गैडाको आक्रमणबाट एकजना घाइते भएका छन् । रत्न नगर नगरपालिका  १० मंगलपुर स्थित पन्चकन्या सामुदायीक बनमा घाँस काट्न गएका स्थानिय ५५ बर्षिय पदम बहादुर तामाङ गैडाको आक्रमणबाट घाइते भएका हुन् । दाइने खुट्टामा चोट लागेका तामाङको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।घाइतेको पुरानो मेडिकल कलेजमा […]


प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

जेठ ७, चितवन ।  विश्व रामसार सूचीमा सूचीकृत चितवनको टिकौली जंगलस्थित जैविकमार्ग (कोरिडोर)मा रहेको बिसहजारी तालबाट मिचाहा प्रजातिका झार हटाउन पहिलो पटक मेशिनको प्रयोग भएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को रु छ लाख लगानीमा नेपाली इञ्जिनियरले बनाएको ‘वाटर मुभर’ मेशिन उक्त तालमा झार निकाल्न प्रयोग गरिएको हो । विगत एक महिनादेखि गरिएको परीक्षण सफल भएकाले […]


प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

काठमाडौँ, जेठ ७- संघीयता पछिको पहिलो पटक सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रस्ताव स्व्किृत गरेको छ । आज सोमबार दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत […]


प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

जेठ ५, चितवन ।  नारायणगढ मुग्लिन सडकखण्डको गाईघाटमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका २९ गाईघाटमा नाारयणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख २२०२ नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग २ च ४७६ नम्वरको कारलाई ठक्कर दिदा कारमा सवार ४ जना घाइते भएका हुन् ।घाइते हुनेमा गोरखा ठिमुरो स्रोह […]


baidhya-jananinepal
प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले बाम एकता माओवादी केन्द्रको विलय भएको टिप्पणी गरेका छन् । वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनको एउटा शक्ति विभाजित भएर एमालेमा विलय भएको बताएका हुन । शुक्रबार ओखलढुङ्सगाको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता वैद्यले यस्तो अभिव्यक्ति दिएका हुन् । उनी शनिबारदेखि ओखलढुंगाको मोलुङ गाउँपालिकामा सुरु हुने प्रदेशस्तरीय युवा प्रशिक्षण कार्यक्रमका लागि […]


Hen-Jananinepal
प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

मध्य नेपालको चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी न.पा.–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु देखिएको हो । राष्ट्रिय पशु पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुखले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताउनुभयो । कृषक राजनको फार्ममा पालिएका १५०० र लक्ष्मणको फार्ममा पालिएका […]


Money-Jananinepal
प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

 नेकपाको कुल समपति लगभग ३ अरब रहेको छ साविक एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ भने बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्लामा एमालेको आफ्नै भवन छन् । माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक देखिएको छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान गरिएको […]




ताजा अपडेट