जनता समाजवादी पार्टी जसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको हर्कतबाट देशलाई बचाउन जिम्मेवारपूर्ण ढंगले काम गर्ने बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष भट्टराईले शुक्रबारबाट नयाँ सरकार गठनका लागि औपचारिक छलफल शुरु भएको बताउनुभयो । उहाँले एउटै पार्टीले ठोस निर्णंय गर्नु भन्दा पनि सबै पार्टीहरुसँग सम्बाद गरेर […]
मंगलबार दिउँसो घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा भेटिएकाे सूचना प्राप्त भएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर मेयर संजीव साहले बेपत्ता सातै जना भारतको सितामरीमा भेटिएको सूचना प्राप्त भएको न्युज २४ नेपाललाई बताए । न्युज २४ नेपाललाई मेयर साहले बताएअनुसार घाँस काट्न गएका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना […]
सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा सञ्चालनमा आएको र नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द भएको छ । बराहक्षेत्र एण्ड मरिन रिर्सोट प्रा.लीले सञ्चालनमा ल्याएको सो पानीजहाज पार्टपुर्जाको अभावमा बन्द भएको हो । एकै पटकमा ८० देखि ९० जनासम्म यात्रु वोक्न सक्ने उक्त पानीजहाजको पार्टपुर्जा नेपालमा नपाइने भएकाले विदेशबाट आउन समय लाग्ने भएकाले अहिले बन्द […]
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । केही दिन पहिले नेपाल र रावल दुवैले पार्टीमा पठाएकाे स्पष्टीकरण चित्तबुझ्दाे नभएपछि निलम्वन […]
“११ औं अन्तर्राष्ट्रिय दलित साहित्य एकेडमी अवार्ड भारत (मणिपुर) “अवार्डबाट वरिष्ट समाजसेवि तथा कलाकार लक्ष्मण श्री सम्मानित भएका छन। समाजको विभिन्न क्षेत्रमा निरन्तर रुपमा निस्वार्थ भावले योग्दान पुर्याएको भन्दै उनलाई उक्त अवार्ड तथा सम्मान प्रदान गरिएको हो। यस सम्मानको अर्थ अब जिम्मेवारीबाट अवकाश लिनुहोस भनेको होइन, बरु सम्मान पाउने व्यक्तिहरु लाई अझै थप समाज प्रती […]
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् […]
नेकपा एमालेको संसदीय दलको बैठक लगत्तै केन्द्रीय समिति (कमिटी) बैठक सुरू भएको छ। बालुवाटारमा संसदीय दलको बैठक लगत्तै केहीबेरअघि केन्द्रीय समितिको बैठक सुरू गरिएको छ । यसअघि बसेको संसदीय दलको बैठकले संसदीय दलको संशोधित विधान पारित गरेको छ र नेपाल समूहका नेताहरुलाई स्पष्टीकरण सोध्ने संसदीय दलको निर्णय पनि गरिएको छ यसअघिको बैठकमा अनिवार्य रुपमा सूर्य […]
बिहीबार बालुवाटारमा सम्पन्न भएको ओली पक्षको नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमानेर अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको जनाइएको छ । पार्टीमा अराजकतन्त्र निम्तिएको भन्दै जानेर वा नजानेर गुटगत गतिविधि गर्नेलाई सेचत गराउने र […]
जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दल नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै सत्ता साझेदारी गर्न नसकिने बताउनुभएको छ । बिहीबार जसपा कार्यकारिणी समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले ‘प्रतिगमनकारी ओली’सँग सहकार्य गर्नै नसकिने बताउनुभएको हो । सञ्चाकर्मीसँग उहाँले भन्नुभयो, ‘ओलीसँग सति जाने भनेर […]
नेपालमा विदेशबाट आएका जङ्गली चराबाट बर्ड फ्लुको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ । अनुगमन टोलीको प्रतिवेदनले नेपालको बाटो हुँदै जाने विदेशी चराहरुका कारण देशका विभिन्न ठाउँका कुखुरामा बर्ड फ्लुको सङ्क्रमण देखा परेको प्रारम्भिक अनुमान गरिएको पशु स्वास्थ्यसेवा विभागमा प्रवक्ता चन्द्र ढकालले जानकारी दिनुभयो । साइबेरियालगायत ठाउँबाट नेपालको बाटो हुँदै एकै समूहमा लाखौँको संख्यामा चराहरु […]