शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

प्रकाशित मिति: २७ पुष २०७८, मंगलवार

बागमती प्रदेशको राजधानी हेटौंडामा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विशाल शान्ति र्याली गरि तामझामका साथ मनाइएको छ ।

मंगलबार पृथवी जयन्ती तथा राष्ट्रिय एकता दिवस शाही शक्ति नेपाल / रोयल टाइगर फोर्सको आयोजनामा हेटौंडा नगरभरी विभिन्न बाजागाजा अनि सांस्कृति कार्यक्रम र र्‍यालीसहित मनाइएको हो ।

शाही शक्ति नेपाल मकवानपुर जिल्लाको संयोजक विवेक विक्रम शाह भन्छन श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण नभएको भए पहिलाको समयमानै अरु देश झैं नेपाललाई पनि ब्रिटिसहरुले आफ्नो अधिनमा लिइसथ्यो हामी आज तिनीहरुको दास भएर बस्न बाध्य हुने थियौं । हामीले आज यो र्‍याली निकालनुका मुख्य कारण हामीले सरकारलाई ध्यानाकर्षण समेत गराउँन खोजेका हौं । बिगत लामो समयदेखिनै अहिलेको राजनीति देशलाई विखन्डन गर्ने तथा देश बेच्ने किसिमको काम भइरहेको छ, देशका युवाहरु अब जागिसके बेथिति र बिसङतीका विरुद्ध अब हामी लड्नेछौँ ।

‘जुन हामीले गर्भका साथ भन्ने गरेका छौँ कि हामी नेपाली हौँ । हामी विर गोर्खालीका सन्तान हौँ । यो पहिचान हामीलाई उनै बडामहाराज पृथ्वी नारायण शाहले दिनु भएको छ’ । पस्चिमा संस्कृतीको नक्कल गर्नका निमित्त क्रिसमस मनाउनका लागि शनिबार भएतापनि सार्वजनिक बिदा घोषणा गर्ने नेपाल सरकारले आज बिभाजन भएर रहेका विभिन्न टुक्रे राज्य नेपाललाई एकीकरण गरेर बिश्वसामु हामी गोर्खाली भनी चिनाउन सफल महान व्यक्तित्व राष्ट्रनिर्माता श्री ५ बडामहाराज पृथ्वी नारायणको जन्म जयन्तीका दिन सार्वजनिक बिदा दिन नहुँने? उनले अझै थपे ।

हेटौंडाको रानी दरबार अगाडीबाट सुरु गरिएको र्‍याली बाइपास, बसपार्क, चाइनागेट, बुद्धचोक, चौकिटोल ओरालो हुँदै मानसचोक, काङ्ग्रेसचोक, सङ्गमचोक, कान्तिराजपथ, पारिजातपथ भएर सिमाचोक पुगेर कोणसभा गरि कार्यक्रम समापन भएको थियो।

कार्यक्रममा बरिस्ठ हास्य कलाकार सन्तोष पन्त र राजाराम पौडेल लगाएतको अन्य रास्ट्रप्रेमीहरुको पनि सहभागिता रहेको थियो।
उक्त कार्यक्रमका संयोजक सन्त ब. रुम्बा भन्छन
हामिले छोटो समयमै यति बिशाल शान्ति र्याली गर्न सफल भयौं ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड