चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड

प्रकाशित मिति: २७ पुष २०७८, मंगलवार

नुवाकोटको त्रिशुली अस्पतालमा उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि तोडफोड भएको छ।

नुवाकोटको विदुर नगरपालिका ७ तुप्चेकी २७ वर्षीय सावित्री कोइराला को सोमबार राती सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएकोछ । उनको मृत्युपछि उपचारमा लापरबाही भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका हुन ।

दुई जना स्त्री रोग विशेषज्ञ सहितको प्रसुती सेवा भएको र उपचारको प्रयास गरिएपनि  (पोष्टपार्टम हेमरेज )  सुत्केरी भएपछिको अत्याधिक रक्तश्राबका कारण मृत्यु भएको अस्पताल स्रोतले बताएकोछ ।

उक्त अस्पतालका सुपरिटेन्डेन्टका अनुसार आइतबार सुत्केरी गराउनका लागि भर्ना भएकी कोइराला ४० हप्ता नाघेको गर्भ लिएर सुत्केरी गराउन आएकी हुन ।  ती महिलालाई प्रसव गराउन निमित्त औषधि दिइएको थियो । अस्पताल स्रोतले भनेअनुसार डेलिभरी त नर्मल भयो तर त्यसपछि अत्याधिक रक्तश्राब भएर महिलाको मृत्युभयो, हामीले प्रयास गर्दागर्दै बचाउन सकेनौं।’

आमाको मृत्युपछि अस्पतालमा तनावपूर्ण अवस्था सिर्जना भएपछि शिशुलाई भने काठमाडौं रिफर गरिएको स्रोतले जनाएकोछ ।

अस्पतालमा आफन्तले नाराबाजी र तोडफोड गरेपछि अस्पतालले मृतक महिलाका आफन्तसँग वार्ता गरेपस्चात शव भने लगिएको थियो तर अस्पतालमा तोडफोड र तनावपूर्ण अवस्था आएपछि त्रिशुली अस्पतालले आकस्मिक बाहेकको अन्य सेवा बन्द गरेको थियो।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड