एकता दिवस को अवसरमा हामी सभ्य र भब्य बृहत शान्ति र्याली गर्नेछौं : शाह

प्रकाशित मिति: २४ पुष २०७८, शनिबार

राजाबादी समुह शाही शक्ति नेपाल (आर टी एफ) ले शनिबार  हेटौंडामा पत्रकार सम्मेलन गरि पौष २७ गते श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहदेव सरकारको ३०० औं जन्मोत्सव को अवसर मा हेटौंडामा बृहत शान्ति र्यालीको आयोजना गर्ने बताएको छ ।

पौष २७ गते श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहदेव सरकारको ३०० औं जन्मोत्सव तथा एकता दिवसको अवसर पारेर शाही शक्ति नेपाल ( रोयल टाइगर फोर्स ) ले मकवानपुर भरिका देश प्रेमी अनि प्रजातान्त्रिक र राजावादीहरुको बृहत शान्ती र्यालीको कार्यक्रम आयोजना गर्ने भनी आव्हान गरेको छ ।

हामी श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहदेब  सरकारको शुभ जन्मोत्सव को अवसर मा देश र जनता भन्दा पार्टी ठूलो हुन सक्दैन र हामी सिङ्गो देशको नेतृत्वमा सदैब अगाडी लम्कनेछौँ, हामी पार्टीको होइन सिङ्गो देशको प्रतिनिधित्व गर्नेछौँ, त्यसैले हामी पार्टी होइन रास्ट्रको झण्डा बोकेर हिड्नेछौँ भनी आजको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै शाही शक्ति नेपाल का अध्यक्ष विवेक बिक्रम शाहले भन्नुभयो।

र्यालीको कार्यक्रम २७ गते दिउसो १ बजे हुप्रचौर बाट सुरुगरि शितलमहल चोक हुँदै फरेस्ट्री गेट अनि पुन त्याहाबाट राप्ती पुलनजिक पुगेर फर्केर फेरी बुद्धचोक हुँदै चौकिटोल निस्केर मानसचोक भएर काङ्ग्रेस चोक र संगम चोक हुँदै सिमाचोकमा गएर कार्यक्रम समापन गर्ने भनि कार्यक्रम संयोजक सन्त ब. रुम्बाले आजको कार्यक्रममा जानकारी गराएका हुन।

२७ गते हुनगैरहेको एकतादिसको कार्यक्रम कुनै पार्टीबिशेषको नभई विशुद्ध नेपालीले नेपाल को झण्डा बोकि हिड्डनेछन र उक्त शान्ति र्यालीमा सहभागी भैदिनहुन सम्पुर्ण हेटौंडाबासीमा आव्हान गर्दै पत्रकार सम्मेलनमा अध्यक्ष शाहले भनेका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड