कस्को सेटिङ्गमा बोक्दैछ्न शिवममा ट्रिफरले ओभरलोड / कता छ मकवानपुर ट्राफिक ? किन हुँदैन कारवाही ?

प्रकाशित मिति: २४ पुष २०७८, शनिबार

हेटौंडा उपमहानगरपालिकाको हेटौंडा १६ हटियामा रहेको शिवम् सिमेन्टले देशका विभिन्न स्थानबाट सिमेन्ट उत्पादनको लागि ल्याउने कच्चा पदार्थ ढुवानीमा अत्याधिक ओभरलोड बोक्दा समेत नियमनकारी निकाय मौन देखिनुले कस्को सेटिङ्गमा यो काम भैरहेको छ भन्ने प्रश्न उठेको हो ।

हेटौंडाको शिवम् सिमेन्ट लिमिटेडमा आउने भूगर्भ सिमेन्टको ढुङ्गा अत्याधिक ओभरलोड आउँदा बाटोमा डिउटी गरिरहेका ट्राफिक प्रहरीले कारवाही गर्नुको सट्टा मुन्टो अन्तै बङ्गाएर देखे पनि नदेखे झँै गर्ने गरेका कारण अत्याधिक ओभरलोड बोक्ने ट्रिफर, ट्रक निर्वाध रुपमा सञ्चालन भैरहेका छन् ।
शिवम् सिमेन्ट लिमिटेडमा मकवानपुरगढी गाउँपालिकाको वडा नं. ७ को खोटार खानी मकवानपुरगढी गाउँपालिकाको वडा नं. ८ को कलवान खानी र चपकी खानीबाट अत्याधिक ओभरलोड बोक्ने ट्रिफरहरु निर्वाध चलिरहँदा समेत मकवानपुर प्रशासन, जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर बेखबर जस्तै बनेको छ । यसरी खुलम खुल्ला ट्राफिक नियमको अवज्ञा गर्नेहरुलाई कानुनी दायरामा ल्याउन नसक्नु व नचाहनुले यो अवैध कामको पछाडि ट्राफिक प्रहरीको नै संरक्षकत्व रहेको बुझ्न सकिन्छ ।

मकवानपुरगढी गाउँपालिकाको ७ नं. वडामा रहेको खोटार खानीबाट दैनिकी २०० बढी ट्रिप कच्चा पदार्थ चुनढुङा निकासी हुने गरेको र ती अधिकांश ट्रिफरले अत्याधिक ओभरलोड बोक्ने गरेको छ । यस्तै मकवानपुरगढी गाउँपालिका को ८ नं. वडाको कलवान खानीबाट पनि अत्याधिक ओभरलोड चुनढुङ्गा बोकेका ट्रिफर आउन सुरु गरेको छ । कलवान खानीमा अवैध रुपमा मापदण्ड विपरित उत्खनन् गरी ट्राफिक नियमलाई अटेर गरी ओभरलोड बोकेका ट्रिफर आउने गरेको र उक्त ओभरलोड बोक्ने काम नेपाली कांग्रेस बागमती प्रदेश सभापति मकवानपुरका ठेकेदार इन्द्र बहादुर बानियाँको कम्पनी बानियाँ निर्माण सेवाले गरिरहेको श्रोतले बतायो । यता खोटार खानी बाट मात्र होइन भू-गर्भ सिमेन्टबाट पनि शिवम् सिमेन्टमा कच्चापदार्थ चुन ढुङाको ढुवानी उनै ठेकेदार इन्द्र बहादुर बानियाँको बानियाँ निर्माण सेवाले गर्ने गरेको हो । के बानियाँले नियम मान्नु पर्दैन ? किन निर्वाध ओभरलोड तथा भल्गर लोड बोकेका गाडीलाई ट्राफिक प्रहरीले कारवाही गर्दैन ? कस्को सेटिङमा यो काम भैरहेको छ? सामान्य नागरिकले १ टन बढी माल सामान बोक्दा जरिवाना गर्ने ट्राफिक प्रहरीले दैनिक सयौ गाडीले ओभरलोड बोकिरहेको बानियाँ निर्माण सेवाको गाडीलाई किन छुट दियो ? जिल्ला ट्राफिक प्रहरी कार्यालयको कम्पाउन्ड नजिकै बाट अत्याधिक ओभरलोड बोकेका बानियाँ निर्माण सेवाको गाडीहरु चलिरहँदा ट्राफिक प्रहरीले रोक्ने त
पर को कुरा ती गाडीहरु हेर्न पनि रुचाउँदैनन् । किन छुट गरियो बानियाँ निर्माण सेवाका ट्रिफरहरुलाई अत्याधिक ओभरलोड बोक्न ? बागमती एक्सप्रेस साप्ताहिक पत्रिका लगायत मकवानपुरका मिडियाले मकवानपुरगढी गाउँपालिकाको खोटार कलवान चपकी खानीबाट अत्याधिक ओभरलोड बोकी ट्रिफरहरु चल्ने गरेको समाचार प्रकाशन प्रशारण गरे पछि केही दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चेकजाँच कडाइ गरे पनि हाल भने पुनः निर्वाध चल्न छुट दिएको छ ।

मकवानपुरगढी गाउँपालिकाबाट शिवम् सिमेन्टमा ढुवानी हुने चुनढुङा अत्याधिक ओभरलोड बोक्दा सडक नै जोखिम बनेको र बाटोमा जताततै ढुङा खस्दा दुर्घटना हुने देखिएको हो । नेताको गाडीलाई जे गर्न पनि छुट हो
र ? जन-जनको प्रश्न रहेको छ । मकवानपुरगढी हुँदै शिवम् सिमेन्ट आउने ओभरलोड बोक्ने ट्रिफरलाई नियन्त्रण तथा नियमन नगर्ने हो भने यो कार्यबाट हरेक क्षेत्रमा जोखिम रहने देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले यसै साता मकवानपुर गढी गाउँपालिकाको शिखरकटेरिमा ट्राफिक चेक जाँच गर्दा एकै दिन ४९ सवारी साधनलाई जरिवाना गरेको थियो । ट्राफिक चेकजाँच गर्दा ओभरलोड बोकेका ट्रिफरहरु भाग्ने गरेका थिए । ट्राफिक चेकजाँच गरेको दिन देखि एक सातासम्म ट्राफिक नियमको पालना गरेका ट्रिफरहरुले त्यसपछि भने फेरि अत्याधिक ओभरलोड बोक्ने गरेको हो । इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरीको बिहान ६ बजे देखि उक्त शिखरकटेरीमा डिउटी रहने गरेको भए पनि त्यस स्थानमा डिउटी गर्ने प्रहरिले समेत ओभरलोड बोक्ने गाडीलाई निर्वाध चल्न दिने गरेको हो । शिवम् सिमेन्टको अत्याधिक ओभरलोड बोक्ने ट्रिफरहरुका कारण विद्यार्थीहरु विद्यालय जान आउन निक्कै कठिन भएको गुनासो आउन थालेको छ । आगामी दिनमा ट्राफिक प्रहरीले नियन्त्रण गर्लान् वा सेटिङमै छोड्लान त्यो भने समयले बताउनेछ ।
“बागमती एक्स्प्रेस साप्ताहिक” मा प्रकाशित


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड