कांग्रेस सभापतिका उम्मेदवार पराजुलीको सचिवालय स्थापना

प्रकाशित मिति: २० पुष २०७८, मंगलवार

नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरिएको छ ।

पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका हुन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको पराजुलीले बताए । ‘म सभापतिको पक्का उम्मेदवार हुँ ।’ उनले भने, ‘पार्टीका क्षेत्रीय प्रतिनिधि र सम्पूर्ण कार्यकर्ताको मत र मन जितेरनै म सभापतिका लागि अघि बढेको हुँ, यसै शिलशिलामा हेटौंडा–२ कांग्रेस चोकमा सचिवालय स्थापना गरेर चुनावी प्रचारप्रसारलाई तीब्रता दिइएको हो ।’


विगत ३ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय भूमिकामा रहेका पराजुली यस पटकको जिल्ला अधिवेशनमा सभापतिका रुपमा उम्मेदवारी दिन पक्का देखिएको छ । पाँच पटक महाधिवेशन प्रतिनिधि, हेटौंडा उपमहानगर सभापति र जिल्ला सचिवसमेत भइसकेका पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगर मेयर झिनो मतान्तरले पराजित भएका थिए । संगठन विस्तार, पार्टीको विकास र जिल्लामा कांग्रेसलाई उकास्न निरन्तर लागि परेका पराजुलीले केहि दिनमै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन् ।

सचिवालय स्थापनाको सन्दर्भमा प्रतिक्रिया दिँदै पराजुलीले केहि दिनमै पूर्ण कार्यसमितिका उम्मेदवारसहितको प्यानल घोषणा गरेर चुनावी मैदानमा होमिने बताए । उनले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि मतदातालाई आफ्नो सचिवालयमा आउनसमेत अनुरोध गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड