युवा नेता सापकोटाद्वारा क्यान्सर पीडित लाई आर्थिक सगयोग

प्रकाशित मिति: १९ पुष २०७८, सोमबार

नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नं. १ का संघीय सदस्य योग्यराज सापकोटा ले आज हेटौंडा ८ कमाने का क्यान्सर पीडित किरण राई को उपचारका लागि नगद रकम सहयोग गरेका हुन।

हेटौंडाको सितलमहल चोकमा रहेको ‘सहारा मल्टिपर्पस को-अपरेटिभ सोसाइटी लि.’ मा कार्यरत आफ्नो धर्मपत्नी अस्मिता ढुंगानाको १ महिनाको तलब बराबरको रकम सापकोटा आफुले सहयोग गरेका हुन।

नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नं.१ संघीय सदस्य सापकोटा विभिन्न सामाजिक कार्यमा दिलोज्यान दिएर लाग्नेगरेका छन। खुल्ला हृदय भएका उनी हेटौंडाकै एक उदाहरणीय ब्यक्ति हुन। रोगि, दीनदुखी , असहाय र बिपन्न बर्गका मानिसलाई सहयोग गर्नुपर्छ भन्ने भावना भएका सापकोटा एक उद्दारवादी युवा नेता हुन।

सोमबार बेलुकाको समयमा समाजसेवि एबम राजाबादी विवेक बिक्रम शाह र सापकोटा पीडितकै घरमा पुगि क्यान्सर पीडित राइको छोरा, श्रीमती र आमाको हातमा नगद २५ हजार १ सय १५ रुपैयाँ हस्तान्तरण गरेका थिए ।
सापकोटाले बिगतका लामो समयदेखी विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेका छन् । विभिन्न समयमा सहयोग गर्नका लागि जनता को घर मा पुग्ने सापकोटा आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनी लि. का चिफ एजेन्सी मेनेजर (MDRT) पदमा रहेर कार्य गरिरहेका छन।

पीडित राईको हाल भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचार भैरहेको छ। आर्थिक स्थिति कमजोर भएका क्यान्सर पीडित राइको उपचारका लागि पीडित परिवारले सहयोगी दाताहरुलाई सहयोग जुटाइदिनुहुन आग्रह गरेकाछन।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड