काङ्ग्रेस मकवानपुरमा कस्ले मार्ला बाजी ? तीनको भिडन्तः को उम्केला ? को फुस्केला ?

प्रकाशित मिति: १८ पुष २०७८, आईतवार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा यही पुस २७ गते महाधिवेशन गर्न केन्द्रिय निर्वाचन कमिटिले आधिकारिक पत्र पठाएसँगै बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको अधिवेशन कता मोडिएला ?  को बन्ला मकवानपुरको नेपाली कांग्र्रेसको सभापति ?  चोक चौतारामात्र होइन, केन्द्रसम्म पनि चर्चा परिचर्चा सुरु भएको छ । नेपाली कांग्र्रेस मकवानपुरले पनि यही पुस २७ गते महाधिवेशन गर्ने र उक्त महाधिवेशन बाट नयाँ कार्यसमिति चयन गर्ने तयारी गरिरहेको छ ।

महाधिवेशनको मिति तोकिएसँगै नेपाली कांग्र्रेस मकवानपुरको कांग्र्रेस माहोल समेत तातिएको छ । चिया पसल, चौतारादेखि चोकचोकमा समेत को बन्ला मकवानपुरको सभापति भन्ने विषयले चर्चा पाएको छ । मकवानपुरको यही पुस २७ मा हुने अधिवेशन र चयन हुने नयाँ कार्यसमितिको निर्वाचनमा नेपाली कांग्र्रेसमा गुट-उपगुटको राजनीति सुरु भैसकेको छ । कांग्र्रेस केन्द्रिय निर्वाचनमा देखिएको तालमेलका कारण पनि मकवानपुरमा को, कुन टिम को उम्मेदवार भन्ने समेत यकिन हुन सकेको छैन । नेपाली कांग्र्रेस मकवानपुरको १४ औं महाधिवेशनबाट मकवानपुर कांग्र्रेस हाँक्न अहिले ३ जनाको चर्चा सुरु भएको छ ।

नेपाली कांग्र्रेस हेटौंडा उपमहानगर सभापति भई सफल कार्यकाल बिताएका हेटौंडा उपमहानगरका मेयरका प्रत्यासी आनन्दराम पराजुली, नेपाली कांग्र्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रिय महामन्त्री प्रभात कुमार दहाल, नेपाली कांग्र्रेस मकवानपुरका सचिव बुद्ध लामाले १४ औं महाधिवेशनबाट नेपाली कांग्र्रेस मकवानपुरको सभापति हुने आकांक्षा व्यक्त गरी प्रचार प्रसारमा लागेका छन भने प्रतनिधि भेटघाटलाई पनि तीव्र बनाएका छन् । नेपाली कांग्र्रेस मकवानपुरको सभापति दावेदार देखिएका ३ जना यतिबेला प्रतिनिधि भेटघाटमा तीव्र लागिपरेका छन् ।

केन्द्रमा देखिएको गुटको प्रभाव मकवानपुरमा समेत पर्नसक्ने देखिएको छ । केन्द्रीय निर्वाचनमा सभापति शेर बहादुर देउवाले पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा कांग्र्रेस नेता प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थनमा देउवा सभापति जितेपछि अब मकवानपुरमा के होला भन्ने बिषयले चर्चा पाएको हो । केन्द्रमा प्रकाशमान सिंहको गुटमा रहेका मकवानपुरका युवा नेता प्रभात कुमार दहालले प्रकाशमान सिंहले देउवालाई समर्थन गरेका कारण मकवानपुरमा आफू सभापति हुने बताएका छन् ।

यता, मकवानपुरका चिर-परिचित नेता आनन्दराम पराजुली विगत लामो समयदेखि नेपाली कांग्र्रेस मकवानपुर लाई उचाइमा पुर्‍याउन अहोरात्र खटिएका नेता हुन् र उनको पनि सभापति आफू नै हुने दाबी गरेका छन् । नेपाली कांग्र्रेसको मकवानपुरमा प्रभाव साली नेताको रुपमा पराजुलीलाई लिन सकिन्छ । पराजुली अधिकांश प्रतिनिधिको रोजाइमा समेत परेका छन् भने नेपाली कांग्र्रेसको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा समेत पराजुलीको अत्याधिक मत आएका कारण पनि १४ औं महाधिवेशनबाट नेपाली कांग्र्रेसको सभापति हुन पराजुलीलाई कसैले रोक्न नसक्ने प्रतिनिधिहरुको भनाइ रहेको छ ।

जनताको घर-घर पुगेर कांग्र्रेसलाई स्थापित गर्न लागि परेका पराजुलीले विगत ४ वर्षदेखि सभापतिको लागि दावेदारी गर्दै आएका थिए । देउवा गुटका मानिएका पराजुली गुटगत राजनीति भन्दा पनि कांग्र्रेसको राजनीतिलाई स्थापित गर्नु पर्छ भन्ने नेताको रुपमा चिनिन्छन् । पराजुलीलाई नेपाली कांग्र्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँको साथ रहने हो भने चुनावी मैदानमा पराजुली लाई अत्याधिक बलियोको रुपमा लिन सकिन्छ ।

यता प्रकाशमान सिंहको समर्थनमा केन्द्रिय सभापति जितेका देउवाले कतै प्रभात कुमार दहाललाई सभापति बनाउने त हैन भन्दै चर्चा चलेको छ । देउवाले यदि मकवानपुरमा प्रभात कुमार दहाललाई सभापतिको उम्मदवार बनाए भने भिडन्त कडा हुने देखिएको छ र उक्त समयमा बागमती प्रदेशका सभापति कता पल्टिन्छन् भन्ने कुरा मुख्य रहनेछ । मकवानपुरका युवा पुस्ताको साथ रहेका आनन्दराम पराजुलीलाई पनि केन्द्रिय सह महामन्त्री महालक्ष्मी उपाध्याय डिना संघीय सभापत िक्षेत्रीय सभापति र बुथ प्रतिनिधिको समर्थन रहेको बुझिएको छ ।

यता नेपाली कांग्र्रेसको सचिव भई काम गरेका बुद्ध लामाले पनि आफू सभापतिको दावेदार रहेको भन्दै प्रचार प्रसारलाई तीव्र पारेका छन् । बुद्ध लामाले आफू नै सभापति हुने विश्वासका साथ कार्यकर्ता माझ पुगेका छन् । लामालाई यही परिस्थितिमा जाने हो भने नेपाली कांग्र्रेस मकवानपुरको सभापति हुन निक्कै मेहनत गर्नु पर्ने देखिएको छ । नेपाली कांग्र्रेस मकवानपुरको यही पुस २७ मा हुने महाधिवेशनमा कस्ले मार्ला बाजी ? को-को देखिनेछन् उमेदवारको दावेदारी ? त्यो भने हेर्न बाँकी रहेको छ ।

बागमती एक्स्प्रेस साप्ताहिक मा प्रकाशित


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड