जिल्ला स्तरीय रनिङ्गशील्ड भलिबल प्रत्योगिता मकवानपुरगढिमा सम्पन्न / सहिद सुनिता स्मृति क्लबले जित्यो उपाधी

प्रकाशित मिति: १७ पुष २०७८, शनिबार

आमभञ्ज्याङ्ग युवा क्लब को आयोजना मा जिल्ला स्तरीय रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आज मकवानपुरगढीमा सम्पन्न भएको छ ।

मकवानपुरगढी गाउँपालिकाको ५ नं. वडामा रहेको श्री शारदा मा. वि. को खेल मैदानमा भएको जिल्ला स्तरिय रनिङशिल्ड भलिबल प्रतियोगिताको आज भएको फाईनल खेलमा आयोजक आमभञ्ज्याङ्ग युवा क्लबलाई पराजित गर्दै बज्रबाराहीको सहिद सुनिता स्मृति क्लबले उपाधी जितेको हो ।

प्रतियोगितामा आयोजक आमभञ्ज्याङ्ग युवा क्लब द्धितिय भएको छ । त्यसैगरी आजै तेस्रो स्थानको लागि भएको खेलमा आग्रा खेल बिकास समितिले छाहारी क्लबलाई पराजित गर्दै तृतिय भएको हो।

प्रतियोगितामा प्रथम हुने सहिद सुनिता स्मृति क्लबले ६६,६६६ ,  द्धितिय हुने आमभञ्ज्याङ युवा क्लबले ३३,३३३
तृतिय हुने आग्रा खेलबिकास समितिले १५ हजार रुपैया, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त खेल र कार्यक्रम मकवानपुरगढी गाउँपालीका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा भएको थियो भने उक्त कार्यक्रममा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, मकवानपुरगढी गाउँपालिका ५ नं. वड अध्यक्ष जित ब. घिमिरे, नेपाली काङ्ग्रेस संघीय सचीव बलराम घिमिरे, बागमती एक्स्प्रेस साप्ताहिक का सम्पादक रमेश बन्जारा, कार्यक्रम संयोजक इन्द्र प्रसाद संजेल लगाएत का अन्य बशिस्ठ ब्यक्तिहरुको आतिथ्यता रेहेको थियो ।

आजको उक्त कार्यक्रममा लोक बाजाको संरक्षण गर्नुपर्छ भनेर आमभन्ज्याङकै एकमात्र बाहुन बाजाको पनि बाजागाजासहितको सहभागिता रहेको र नृत्य प्रदर्शनी पनि रहेको थियो । उक्त कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट खेलाडी तथा सहयोगि ब्यक्ति र संघ संस्थालाई सम्ममान गरिएको थियो । प्रतियोगितालाई आगामि बर्षमा पनि निरन्तर संचालन गर्ने आयोजकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड