ललितपुर काङ्ग्रेस मा चित्रकारको दबदबा

प्रकाशित मिति: ९ मंसिर २०७८, बिहीबार

नेपाली काङ्ग्रेस को १४ औ महाधिवेशन अन्तरगत ललितपुरमा रामकृष्ण चित्रकारले पार्टी सभापतिमा आफ्नो उमेदवारी घोषणा गर्नुभएको छ । चित्रकारले एक कार्यक्रम का बिच उम्मेद्बारी घोषणा गर्नुभएको हो । ललितपुरे जनता प्रती परिचित अनुहार हुन चित्रकार । चित्रकार लाई नेपाली काङ्ग्रेस को १४ औं महाधिबेशन मा ललितपुर काङ्ग्रेस को सभापती बनाउन नेपाली काङ्ग्रेस का बर्तमान सभापती मदन अमात्य लगायत टिमको समर्थन रहेको छ । जनता को समस्या लाई सहजै ग्रहण गरि समाधान खोज्ने चित्रकार लाई नेपाली काङ्ग्रेस ललितपुर का प्रभाबसाली नेता एबम पुर्व सांसद चन्द्र महर्जन, महासमिती सदस्य मथुरा प्रसाद घिमिरे र ललितपुर महानगर पालिका का मेयर चिरिबाबु महर्जन लगायतको समर्थन रहेको छ । ललितपुर काङ्ग्रेस का प्रभाब साली नेता को समर्थन पाएका रामकृष्ण चित्रकार को टिम मा गोदावरी नगरपालिका को मेयर गजेन्द्र महर्जन ले उपसभापती मा उम्मेद्बारी घोषणा गरेका हुन । अर्का उपसभापति मा खोम प्रसाद घिमिरे ले उमेदवारी घोषणा गर्नु भएको छ । घिमिरे दुइ कार्यकाल क्षेत्रीय सभापती भै सक्नु भएका ब्यक्ती हुन । ललितपुर काङ्ग्रेस मा प्रभाबसाली नेताको साथ र समर्थन पाएका चित्रकार लाई ललितपुर काङ्ग्रेस को बलिया उमेदवार को रुपमा लिएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट