प्रतिस्ठान को हिसाब किन मिलेन ? प्रसाइ को सेटिङ के हो ?

प्रकाशित मिति: ३ मंसिर २०७८, शुक्रबार

बागमती प्रदेश को राजधानी हेटौडामा रहेको मदन भन्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठानको हबिगत बेहाल बन्दै गएको छ ।
कहिले हेटौडा अस्पतालको खातामा रहेको रकममा गिद्दे नजर लगाउने त कहिले अस्पताल को लोगो परिवर्तन गरि बवन्डर मच्याउने प्रतिस्ठान अहिले आफ्नै हिसाब किताब मिलाउन नसकेर संकटमा परेको छ।
धन देखे पछि महादेव को त्रीनेत्र भनेझैं भएको छ मदन भन्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठन का रजिस्ट्रार राजेश प्रसाईं लाई ।

हरेक क्षेत्रमा बिधि पद्दती र नीति हुन्छ तर बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले आफ्नो पदीय मर्यादा दुरुपयोग गर्दै प्रतिष्ठानको कर्मचारीमा आफ्नै श्रीमतिलाई नियुक्त गरि निक्कै बिबादित बनेका मात्र होइन, प्रतिश्ठान को आज सम्म के कति हिसाब किताब रह्यो सो समेत को लेखापरिक्षण गर्न सकेका छैनन् । आफ्नै बाबू बागमती प्रदेश को प्रदेश प्रमुख रहेका बेला मौकामा चौका हानि रजिस्ट्रार बनेका प्रसाईं जब बावु बिस्णु प्रसाईं प्रदेश प्रमुख बाट निस्कासित भएपछि रजिस्ट्रार प्रसाईं लाई प्रतिस्ठान को राम राज्य मा निक्कै भारी परेको छ ।

प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी नियुक्ती गर्ने प्राबधान लाई अटेर गरि आफ्नो स्वविवेकमा नियुक्ती गरेका प्रसाईं ले अहिले प्रदेश लेखा आयोग लाई समेत धोती लगाइ प्रतिस्ठान को लेखा परिक्षण समेत गर्न सकेका छैन । प्रतिस्ठान मा एक लौटी हाली मुहाली गरेका प्रसाईं ले ५/५ लाख का कयौं कार्यक्रम गर्न नसकी अन्य शिर्षक मा बिल बनाइ भुक्तानी लिएका कारण लेखा परिक्षण हुन नसकेको प्रतिस्ठान का एक कर्मचारिले बताए।
प्रसाईं ले हाल सम्म पनि प्रतिस्ठानको लेखा परिक्षण गर्न नस्कनु ले प्रसाईंको कार्य सैलिले प्रतिस्ठाको अब कुन हालत होला भनेर प्रष्ट हुन्छ । विशेष स्रोतले बताए अनुसार प्रतिस्ठान को लेखा परिक्षण गर्न कुनैपनी लेखा परिक्षकले मानेका छैनन् । कहाँ-कहाँ के कति खर्च भयो , कता-कता के-के कार्यक्रम गरियो, सो समेत को लेखा जोखा स्पस्ट छैन। प्रतिस्ठान सङ्ग यति मात्र कहाँ हो र हाल सम्म लेखा परिक्षण गर्न नसक्नु ३ करोड ८४ लाख भन्दा बढी रकम फरफारक हुन नसक्नुले कति सम्म लुट तन्त्र चली रहेको छ भन्ने प्रस्ट हुन्छ । यो बिसयमा रजिस्ट्रार प्रसाईं सङ्ग कुरा गर्दा केही प्राबिधिक सम्स्या देखिएका कारण लेखा परिक्षण हुन नसकेको र प्रतिस्ठान ले प्रदेश लेखा आयोगलाई पत्रचार गरेको प्रतिक्रिया दिए ।
मन लाग्दी मनमौजी रकम खर्च गर्ने अनि प्राबिधिक समस्या भन्ने प्रसाईं को गैर जिम्मेवार जबाफ ले प्रतिस्ठान मा प्रसाईं को राम राज्य चलिरहेको छ । रजिस्ट्रार प्रसाईं ले लेखा परिक्षण गर्न प्रदेश लेखा नियन्त्रक कार्यालय लाई पत्र पठाएको भए पनि प्रदेश लेखा नियन्त्रक कार्यालयले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठान लाई पत्र को जबाफ दिई प्रदेश लेखा ले लेखा परिक्षण गर्न नमिल्ने जानकारी गराइसकेको छ ।

आफ्नै श्रीमती लाई नियुक्ती गरि विधि पद्दती र नीति को धज्जी उडाउने प्रसाईंले प्रतिस्ठान को भण्डार मै हाली मुहाली गरे पछि जनता को करमा ब्यक्ती को रजाइ कहिले सम्म ? किन सक्दैन सरोकारवाला निकाय यस्ता ब्यक्ती लाई बर्खास्त गर्न? जन जन को आवज रहेको छ । प्रसाईं ले नैतिकताको आधरमा राजिनामा दिनु पर्ने बिज्ञहरु को भनाइ रहेको छ ।
प्रसाईं ले शक्ति को आडमा ब्रम्हलुट गरेको भन्दै प्रतिस्ठान मा समेत बिरोध हुन थालेको हो । प्रसाईं लाई प्रतिस्ठानमा राखी रहने हो भने प्रतिस्ठान सङै हेटौंडा अस्पताल को समेत दुर्गती हुने जानकार हरु को भनाइ रहेको छ । प्रसाईं को राजिनामा वा बर्खास्ती नै प्रतिस्ठान को प्रगती हो । प्रसाईं को जस्तै अन्य ओहोदा को ब्यक्ती ले समेत यस्ता क्रीयाकलाप गर्नथाले भने प्रतिस्ठान को उन्नती भन्दा पनि उदो गति हुने छ । नाताबाद को अन्त्य सङै सबै को समान पहुच हुन जरुरि छ । राज्यको ढुकुटी मा गिद्दे नजर लगाउने प्रसाईं जस्ता ब्यक्ती लाई यो समाज ले चिन्नु जरुरी रहेको छ । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठान मा प्रसाईं एन्ड कम्पनी को राम राज्य कहिले सम्म ? कहिले हुन्छ प्रतिस्ठान को हिसाब किताब को लेखा जोखा ? सरोकारवाला निकाय को ध्यान जान जरुरी छ ।

(बागमती एक्स्प्रेस साप्ताहिक) बाट


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट