असत्य समाचारले छाडेन डा. धनन्जय रेग्मीलाई

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहीबार

काठमाडौ । पछिल्लो समय नेपाली केही सञ्चार माध्यमले धेरै मानिसको जीवन नै समाप्ति गर्ने कार्यहरु दिनप्रतिदिन बढ्न थालेको छ । नेपाली सञ्चार माध्यमको असत्य र तथ्यहीन समाचार सम्प्रेषणको कारण धेरै व्यक्तिहरू डिप्रेसन हुने र मृत्युको मुखमा समेत पुग्ने गरेका छन् ।

नेपाली सञ्चार माध्यमको भ्रामक तथ्यहीन समाचारले आफ्नो शिकार बनाउन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीलाई समेत छाडेन । पछिल्लो समय नेपाल फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरिन र अन्जन बिष्टको विषयमा भ्रामक समाचार आएपश्चात फेरि अर्को भ्रामक समाचारले नेपाल पर्यटन बोर्डका प्रमुख रेग्मीलाई पनि छाडेन ।

बेलायतमा सन् २०२१ नोभेम्बर १ देखि आयोजना भएको अन्तरास्ट्रिय ट्राभल सार्टमा सहभागी भई नेपाल आएका रेग्मीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलका भन्सार कर्मचारीलाई अव्यवस्थालाई सुधार गरि चेकजाँचलाई छिटो गराउन आग्रह गरिदा केही सामान्य कुराकानी भएको थियो । सामान्य कुराकानीको विषयलाई लिएर केही सञ्चार माध्यमले विमानस्थलमा हातपात गरेको र अल्कोहल सेवन गरि भ्रष्टाचारीसग मिलिमतो रहेको भनी भ्रामक समाचार सम्प्रेषण गर्न समेत केही सञ्चार पछि परेनन् ।

पर्यटन बोर्डले दिएको विज्ञप्ति

पर्यटन बोर्डले दिएको विज्ञप्ति

सामान्य भानाभनको विषयलाई भ्रष्टाचारी प्रमाणित भएको र कर फस्यौट आयोगका तत्कालीन सदस्यसचिव चुडामणि शर्मासग मिलेर करौडौ भ्रष्टाचार गरेको असत्य समाचारलाई सम्प्रेषण रेग्मीको चरित्र हत्या गर्ने असत्य समाचार प्रकाशित गर्न पछि रहेनन् केहि सञ्चारमाध्यम, सत्यतथ्य समाचार सम्प्रेषण गर्ने जिम्मेवारी बोकेको सञ्चार असत्य समाचार सम्प्रेषणका कारण कतै सञ्चार माध्यम प्रती व्यक्तिहरुको चरित्र हत्या मात्र नभएर सत्य समाचार प्रती पाठक दर्शक श्रोताको विश्वास घट्ने सम्भावना बढ्दो गतिमा रहेको छ । सुन काण्ड र अपराधीको विषयमा वाह वाह गर्ने र निर्दोष माथि झुटो अपवाह फैलाइ चरीत्र हत्या गर्ने गरेको कारण आफु जस्ता धेरै मृत्युको मुखमा पुग्ने गरेको पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीले बताएका छन् । कसैको जीवनमा चरीत्र हत्या नगरी सत्यतथ्य समाचार सम्प्रेषण गरि नेपाली पत्रकारितालाई नराम्रो उदाहरण बन्न बाट बचाउन समेत नेपाली सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।

रेग्मीको अल्कोहल रिपोर्ट


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट