आगोलागी पिडित लाई तरुण नेता सापकोटाको सहयोग

प्रकाशित मिति: ८ कार्तिक २०७८, सोमबार

हेटौंडा ,
गत कार्तिक २५ गते हेटौंडा ८ कमानेमा रामकृष्ण लामिछानेले सञ्चालन गरेको आरके पुजा पसलमा लागेको आगलागीले क्षति पुराएको भन्दै लामिछानेलाई नगद सहयोग गरिएको छ ।

ग्यास सिलिन्डर पड्केर पसलमा आगलागी भएको थियो । आगलागीमा १० लाख भन्दा बढीको क्षति भएको थियो ।
सोमबार आगलागी स्थलमा पुगी नेपाली काङ्ग्रेस तरुण बिभाग बागमती प्रदेश सदस्य योग्यराज सापकोटाले ५१ हजार नगद सहयोग गरेका छन् ।

आगलागी पिडित लामिछाने र विकास दंगाललाई तरुण दल हेटौंडा नगर सदस्य सरोज श्रेष्ठ र नेपाली कांग्रेस नगर सदस्य आवेश लामा आइ एम इ लाइफ हेटौंडा शाखा का ब्यबस्थापक केबल बानिया लगायतको उपस्थितीमा सापकोटाले चेक हस्तान्तरण गरेका थिए । सापकोटाले विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेका छन् । विभिन्न समयमा सहयोग को नाममा जनता को घर मा पुग्ने सापकोटा हेटौंडा बाट प्रकासित बागमती एक्सप्रेस साप्ताहिक का प्रकाशक समेत रहेका छ्न ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट