साफको फाइनल नेपालका लागि उपाधी चुम्ने र बदला लिने सुनैलो अवसर

प्रकाशित मिति: २९ आश्विन २०७८, शुक्रबार

आश्विन२९, साफको २८ वर्षको ईतिहास तोडी पहिलो पटक फाईनल पुगेको नेपाली राष्ट्रिय फुटबल टोलिले शनिबार बेलुकी नेपाली समय अनुसार पौने ९ बजे ७ पटकको बिजेता भारतको समना गर्दैछ।

प्रतियोगितामा आयोजक माल्दिभ्सलाई १-०ले हराउदै उत्कृष्ट सुरुवात गरेको नेपाली फुटबल टोलिले दोस्रो खेलमा श्रीलंकालाई ३-२ले हरायो।लगातार दुई खेलमा दुई जित निकाल्दै शीर्ष लयमा देखिएको नेपालली टोलीको गतिमा तब ब्रेक लाग्यो जब भारतसङ १-०ले स्तब्ध बन्यो।

अघिल्ला खेलहरुमा अट्याकिङ माईन्डसेटका साथ खेलिरहेको टोलिले एक्कसि भारत सङ्ग भने पुरै ९०मिनेट नै डिभेन्सिफ खेल्दा खेल हार्न पुग्यो। भारतसङ खेल्नु अघि नेपाललाई फाईनलका लागि १ जित वा बराबरीमात्रै पनि प्रयाप्त थियो।त्यति मात्र हैन भारतलाई प्रतियोगिताबाट आउट गर्ने सबैभन्दा सुनौलो अवसर समेत नेपालले गुमायो।८२ मिनेटसम्म ०-०मा रोकिएको खेलमा कप्तान सुनिल छेत्रीले उत्कृष्ट भली गोल गर्दै भारतलाई प्रतियोगितामा जिबितै राखे।प्रतियोगितामा केही लड्खडाएको जस्तो देखिएको भारत अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१को नतिजा निकाल्दै परास्त पार्दै लगातार ८औ पटक साफको फाईनलमा प्रवेश गर्‍यो।स्मरण रहोस साफमा सबैभन्दा सफल टोलि भारत सन २००५ देखि लगातार फाईनलमा पुगेको टोलि हो।पछिल्ला ७ फाईनलमा भारतले २००८,२०१३ र २०१८ गरि केबल ३वटा मात्र फाईनल हारेको छ।

यता नेपालका लागि भने जारी साफ चेम्पिएनसीप हालसम्मकै सफल प्रतियोगिता हो किनकी साफ ईतिहासमा नेपालको यो नै पहिलो र एकमात्र फाइनल हो।समूह चरणको अन्तिम निर्णायक खेलमा बङ्लदेशबिरुद्द ९औ मिनेटमा १-०ले पछि परेको अवस्थामा खेलको ८८औ मिनेटमा अन्जन बिस्टले पेनाल्टी मार्फत गरेको बराबरी गोलको मद्दतले नेपाल २८आफ्नो वर्षिए साफ ईतिहासलाई पुर्णबिराम लगाउदै पहिलो पटक फाईनल प्रवेश गर्यो।

नेपालले हालसम्म भारतविरुद्ध २२ पटक खेलेको छ र ईतिहासलाई पल्टाउने हो भने छिमेकी राष्ट्रविरुद् नेपालको प्रदर्शन बिर्सिन लायक छ । हालसम्म नेपाल र भारत २२ पटक आमनेसामने हुँदा नेपालले मात्र २ खेल जितेको छ भने १५ खेलमा हार बेहोरेको छ । बाँकी ५ खेल भने बराबरीमा सकिएको छ ।

नेपालले भारतविरुद्धको पछिल्लो ८ खेलमा जित निकाल्न सकेको छैन । लिग चरणको खेलमापनि नेपाल भारतसँग १-० गोलले पराजित भएको थियो । त्यसैले फाइनल खेल भारतलाई पराजित गर्दै लिग चरणको खेलमा भोगेको हारको बदला लिने नेपालका लागि सुनौलो अवसरपनि हो ।

पछिल्लो पटक नेपालले सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको समूहचरणको खेलमा भारतलाई २-१ गोलले पराजित गरेको थियो । उक्त खेलमा नेपालको तर्फबाट जुमानु राई र अनिल गुरुङले एक/एक गोल गरेका थिए । त्यसपछि भएको मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २-० गोलले हराएको थियो । यस्तै सन् २०१५ मा फिफा विश्वकप छनोट अन्तर्गत भएको खेलको पहिलो लेगमा २-० गोलले पराजित भएको नेपालले घरेलु मैदानमा भएको दोस्रो लेगमा भारतलाई गोलरहित बराबरीमा रोकेको थियो ।

त्यसपछि भारतमै भएको साफ च्याम्पियनसिपमा भारतले नेपाललाई ४-१ गोलले हराएको थियो । सन् २०१८ मा भारतमा भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमापनि नेपाल २-० गोलले स्तब्ध भएको थियो । यस्तै यहीँ वर्ष सेप्टेम्बरमा साफको तयारीको लागि काठमाडौंमा भएको दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल मध्य पहिलो खेलमा १-१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा २-१ गोलले पराजित भएको थियो । त्यसैले नेपाल यसपटकको साफ फाईनलमा भारतसँगको ८ खेलको जितविहिन यात्रालाई पुर्णविराम लगाउदै उपाधी सहित दोहोरो ईतिहास रच्न चाहन्छ ।उता भारत भने नेपाललाई हराउदै ८औ पटक उपाधी उचाल्न चाहन्छ।

त्यसैले इतिहासमै पहिलोपटक फाइनल पुगेको नेपाल र सर्वाधिक सात पटकको च्याम्पियन भारतबिच हुने फाइनल खेल निकै रोमाञ्चक हुनेमा कुनै शंका छैन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट