देशप्रति थामिएनन् समर्पणका आसुहरु

प्रकाशित मिति: २८ आश्विन २०७८, बिहीबार

आश्विन २८, बङ्गलादेश बिरुद्दको खेलमा जब रेफ्रीले अन्तिम सिठ्ठि फुके खेल अवधिभर निकै गर्माएको माहोल एकाएक भयावह बन्यो । एकातर्फ दुखका आँसु गर्जिन थाले भनेअर्का तिर खुसिका, जब औपचारिक रुपमा रेफृले खेल सकिएको घोषणा गरे नेपालका मुख्य प्रशिक्षक अब्दुल्लह अल्मुताईरि भक्कानिदै घुडा टेक्न पुगे । झन्डै ७ महिनाको निरन्तर प्रयास पछि आफ्नो लक्षमा पुग्दा खुसीले भक्क्कानिएका अल्मुताईरिलाई नेपाली फुट्बल टिमका कीट मेनेजर बिकास गुरुङले सम्हाल्न खोजे । तर अल्मुताईरीको मन कहाँ मान्थ्यो र उनि झनै भक्कानिरहे । किन नहोस त भारतसङको हार पछि नेपाली मिडियाले उनी र उनको खेलाडी माथी गरेको निरन्तर प्रहारले अल्मुताईरीको मन निकै भारी भएका थिए।नेपाली केही मिडियाले त उनले म्याचफिक्सिङ गरे भनेर सम्म लेख्न भ्याए।एन्फाभित्रको किचलो त भोगे भोगे अब मिडियाले समेत त्यसरी आफुमाथी प्रहार गर्न थालेपछी अम्लुताईरिका मन अमिला भएका छन् ।खेलाडी र समर्थकबिच यति गाढा नाता हुदा हुँदै पनि मुटु माथी ढुङा राख्दै अल्मुताईरिले भने फाईनलनै मेरा लागि नेपाली टोलि सङको अन्तिम खेल हो त्यसपछि म नेपाल कहिल्यै फर्केर आउदिन।
चित्त कोचको मात्र हैन नेपाली खेलाडीहरुको पनि दुखेका रहेछन जुन खेल सकिए पछी उनिहरुको आखाबाट खसिरहेका आसुबाट प्रस्ट हुन्छ।सुरुमा त अन्जन बिस्ट भक्कानिए,हो तिनै अन्जन जसलाई नेपाली समर्थकले भारतबिरुद्द अन्तिम समयमा डिएरिया भित्र पास नदिएर सेल्फिस शट प्रहार गर्दै नेपाललाई हरायो भनेर तथानाम गाली गरेका थिए।

तिनै अन्जनले बङ्लादेशबिरुद्द १-०गोल ले पछि परिसकेको अवस्थामा पेनाल्टि मार्फत साफको २८ वर्षपछि कहिल्यै फाईनल नपुगेको नेपाललाई फाईनसम्म पुर्याए।भलै खेल बराबरीमा सकियो तर यो बराबरी कुनै जित भन्दा कम छैन….. मिनि विश्व कप चुम्न अब नेपाल १ कदम मात्र पछाडी छ।

आँसु खसाल्ने यो शिलशिला नेपालले बराबरी फर्काए देखी नै सुरु भएको थियो।भकानिने मध्यमा पहिलो ब्यक्ती थिए नेपाली फुटबल टोलिका प्रमुख प्रतिनिधि प्रुर्नमान चित्रकार।अन्जनले पेनाल्टि मार्फत गोल फर्काएपछी उता सबै रमाईरहदा चित्रकारका आखामा भने खुसिका आँसु बगिरहेका थिए।

अल्मुताईरी,अन्जन र खेल प्रतिनिधि मात्र हैन, सबैभन्दा खुसी अर्का यस्ता ब्यक्ती थिए।जो हरेक खेलमा नेपालका लागि ढाल बनेर उभिरहन्छन, हो उनै हाम्रा गोलरक्षक कप्तान किरन चेमजोङ, जब खेल सक्कियो अन्जनको अगालोमा उनी पनि रुन थाले।नेपाललाई साफ जिताएर खेल जिवनबाट सन्यास लिने ठूलो सपना बुनेका किरनले जब सपना पुरा हुँदै गरेको देखे उनले आफ्नो मन सम्हालन सकेनन् ।

सायद खेल नै यस्तो चिज हो जहाँ भवना अनि कतिको जीवन जोडिएको हुन्छ,भावना जोडिएको हुन्छ अझ भनौ राष्ट्रियता जोडिएको हुन्छ।जब बङ्लादेश बिरुद्द नेपालले गोल फर्काए खेलाडी र माल्दिभ्सका रंगशालाका स्ट्यान्डमा रहेका नेपाली दर्शकमात्र होइन नेपाल लगाएत विदेशी मुलुकमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुका आँखा रसाए। हिजोको भन्दा आज नेपाली फुटबलको यो खालको प्रगतीले अब भने नेपाली समर्थकका विश्वासमा थप बलियो ईट्टा थपिदिएको छ।यो खुसी यो जितले अझै सार्थकता पाउन अब नेपालले फाईनलमा कट्टर प्रतिद्वन्द्वी भारतलाई हराउन पर्ने हुन्छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट