एकराज लाई एक्का कर्मचारि लाई छ्क्का

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार

बागमती प्रदेशको राजधानी संग सिमाना जोडिएको मनहरी गाउपालिकामा दिनहु जसो लफडा हुने गरेको छ । आर्थिक स्रोत को उर्वर भुमी भनेर चिनिएको मनहरी मा च्याखे थाप्ने प्रवृत्तिको कारण लफडा हुने गरेको छ । कर्मचारी नियुक्ती देखि गाउपालिका को आयस्रोत कुम्ल्याउने प्रपन्च सम्म को तिकडम बाजि मनहरी मा हुने गरेको छ । अजै कंहि नभएको जात्रा हांडी गाउमा भने जस्तै सरकारी बेतनधारी कर्मचारी काम गर्न अल्छि लागे पछि कार्यालय नै बन्द गरि घर तिर दौडन्छ्न ।
मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले २०७७ मंसीर २९ गते दिएको राजिनामा कान्डले मनहरी गाउपालिकामा हाउगुजी नै भएको छ । मनिलाको राजिनामा कहिले आएको छैन भनी पत्रकार लाई अभिब्यक्ती दिने अनि फेरि पछि राजिनामा स्वीकृत भयो भनी तिकडम बाजि गर्ने गाउँ पालिका अध्यक्ष एकराज उप्रेती को कार्यसैली पनि हास्यास्पद रहेको छ । आफू नियमित कार्यालय पनि नआउने अनि कर्मचारी लाई पनि उचित ब्यबस्थापन गर्न नसक्ने अध्यक्ष उप्रेती को कार्यसैली प्रती मनहरी बासिले खुलेर बिरोध गर्न थालेका छ्न । पुस १७ गते अध्यक्ष एकराज उप्रेतीले स्वीकृत गरेको भनिएको राजीनामालाई जिल्ला अदालतले बदर गरेपछि झन् लफडा मच्चिँदै गएको छ । मुद्दा मामिलाका क्रममा यसबीच मनहरी गाउँपालिकाले जनताको करबाट संकलित ७ लाखभन्दा बढी रकम उपाध्यक्ष मनिला बिष्ट लाई सिध्याउन  खर्चेको देखिन्छ ।                                                                  यद्यपि, सर्वाेच्च अदालतसम्म उपाध्यक्षको राजीनामा सदर गराउन अघि बढेका अध्यक्ष एकराज उप्रेतीले सरकारी ढुकुटी खर्च गरेपनि अन्ततः असफलता हात लागेको थियो । सर्वोच्चले मनिलाको राजिनामा मुद्दा खारेज गरिसकेको छ ।

मनहरी गाउँपालिकामा पछिल्लो समय अध्यक्ष पक्षधर र उपाध्यक्ष पक्षधर कर्मचारी भनी छुट्याएर व्यवहार गर्ने गरिएको बताइन्छ । खासगरी लेखा अधिकृत संगिता अधिकारी र सहायक लेखा कर्मचारी डिल्लीराम रेग्मी र उपाध्यक्ष बिष्टबीच सामन्जस्यता छैन ।यसैबीच असोज १८ गते एउटा सूचना प्रकाशन गरी लेखा अधिकृत अधिकारी र रेग्मीले उपाध्यक्षले आफूहरुलाई कुट्ने,पिट्ने धम्की दिने गरेकाले काम गर्न असमर्थ रहेको जानकारी दिएपछि विवाद बढेको छ । रेग्मी उनै कर्मचारी हुन्, जसले उपाध्यक्ष बिष्टको राजीनामा कार्यालय समयको अन्त्यतिर २०७८ साल पुस १७ गते कार्यालयमा पसेर कार्यालय सहयोगीहरुलाई दबाबमा पारी दर्ता गराएका थिए । मनिला बिष्ट ले गाली गलौज गरि कानुनी बाटो रहदा रहदै कर्मचारी अधिकारी र रेग्मिले लेखा साखामा ताला लगाइ भग्नु ले कर्मचारी को कार्यसैली प्रती संका उब्जिएको छ ।

उपाध्यक्ष बिष्टले गाउँपालिकाको गत बर्षको खर्चको फाँटबारी मागेपछि समस्या उत्पन्न भएको बताइन्छ । गत बर्षको बजेट निर्माणका लागि नै खर्चको फाँटवारी मागिएपनि टार्ने गरेको पाइएपछि उपाध्यक्ष बिष्टले लेखा शाखामा गएर फाँटबारी माग्दा लेखा अधिकृत अधिकारीले ‘तपाईं को हो हामीसँग फाँटबारी माग्ने ?’ भन्दै अपमान गरेपछि विवाद भएको थियो । सो क्रममा सहायक कर्मचारी रेग्मीले ‘लेखा शाखामा तपाईं आउने होइन, खुरुक्क आफ्नो च्याम्बरमा जानुस्’ भन्दै हप्काउन खोजेपछि उपाध्यक्षले प्रतिवाद गरेको बताइएको छ ।

त्यसपछि प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको च्याम्बरमा उपाध्यक्ष र लेखा अधिकृत पुगेपछि शर्माले फाँटबारी उपलब्ध गराउन भनेपनि सो कार्यान्वयन अहिलेसम्म भएको छैन । गाउँपालिकाले उपाध्यक्षले मागेको आर्थिक विवरण नदिएको र आम जनतामाझ सार्बजनिक नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।यसअघि पनि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा रहेको सेफ हाउसमा माइती नेपालले सिफारिस गरेका पीडित व्यक्तिहरु राख्न खोज्दा अवरोध गरिएपछि उपाध्यक्षले ताला फुटाएर प्रभावितहरुलाई बास बस्न दिएको घटनाको अतिरन्जित गरिएको थियो । उपाध्यक्षले आफन्तलाई सेफ हाउसमा राखेको भन्दै हल्ला गरिएको थियो ।

एकपछि अर्काे घटना गर्दै गाउँपालिकामा विवादहरु सार्बजनिक भइरहेका छन् । विवाद समाधानका लागि नेतृत्वले भूमिका खेल्नेभन्दा पनि दूरी बढाएर लैजाने, कर्मचारी र कार्यपालिका सदस्यहरुलाई उछाल्ने काम भइरहेको बताइन्छ । गाउपालिका मा सम्स्या रहे गाउपालिका अध्यक्ष ले सहजिकरण गर्नु पर्ने हुन्छ तर मनहरी गाउँ पालिका अध्यक्ष एक राज उप्रेती सहजिकरण भन्दा पनि आफू इत्तरका ब्यक्ती प्रयोग गरेर बिबाद बढाउन खोजी रहेका छ्न । उपाध्यक्ष बिष्ट ले गाउँ पालिका को हरेक कुरामा चासो राख्न खोजे पछि अध्यक्ष बिबाद बढाएर एक्का दाउ पार्ने रणनितिमा छ्न भने हिसाब किताब लुकाएर कर्मचारी भने छ्क्का दाउ पर्ने प्रयास्मा रहेको छ्न ।                           ➡️ बागमती एक्स्प्रेस साप्ताहिक बाट


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट