अबैध निजि स्वास्थ्य संस्था संचालक लाई कारवाही गर्न कस्ले रोक्यो ?

प्रकाशित मिति: ११ आश्विन २०७८, सोमबार

मकवानपुरमा अबैधरुपमा संचालित निजि स्वास्थ्य संस्था लाई राज्यले नै संरक्षण गर्दै आइरहेको छ । मकवानपुरका विभिन्न सञ्चार माध्यमले पटक पटक इजाजत प्राप्त निजि स्वास्थ्य संस्था र इजाजत बिना चलिरहेका निजि स्वास्थ संस्थाको नाम नै तोकेर समाचार प्रकाशन गर्दा समेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले चासो समेत नदिइ उल्टै अबैध संचालित निजि स्वास्थ्य संस्था को बचाउ मा लागेको प्रशासन निरीहपनले प्रष्ट पारेको हो ।
निजि स्वास्थ्य संस्था को अनुगमन तथा निगरानी देखि इजाजत दिने र आवस्यक परे खारेज गर्न सक्ने अधिकार स्वास्थ्य कार्यालय मकवानपुर र तहगत स्थानिय निकायको स्वास्थ्य शाखालाई रहेता पनि स्वास्थ्य सङ्ग सरोकार राख्ने सरकारी कार्यालय चिर निन्द्रामा परेका कारण न अनुगमन गर्न सकेको छ न नियमन नै । बिना इजाजत र बिना नवीकरण स्वास्थ्य मापदण्ड बिपरित निजि स्वास्थ्य संस्था संचालन गरि जनता को प्रत्यक्ष स्वास्थ्यामा असर गर्दा समेत न जिल्ला प्रशासन कार्यालय मकवानपुर बोल्न सक्यो न त स्वास्थ्य कार्यालय मकवानपुरनै !  राज्य लाई करोडौं राजस्व छली मकवानपुरमा रहेका अबैध निजि संस्था लाई नियमन तथा कारवाही गर्न कस्ले रोक्यो ?  जिल्ला प्रशासन कार्यालय मकवानपुर र स्वास्थ्य कार्यालय मकवानपुर लाई । ‘बागमती एक्सप्रेस साप्ताहिक’ ले मकवानपुरमा अबैध निजि स्वास्थ्य संस्था सन्चालित तर सरकारी निकाय मौन भनेर समाचार प्रकाशन गरेपछि स्वास्थ्य कार्यालय मकवानपुरले निजि स्वास्थ्य संस्था नबिकरण तथा इजाजत लिन सुचना प्रकाशन गरे पनि स्वास्थ्य कार्यालय मकवानपुरको सुचना नै अबैध निजि स्वास्थ्य संस्था को बचाउ गर्न प्रकाशन गरेको आरोप लाग्ने गरि प्रकाशन गरेको छ । स्वास्थ्य कार्यालय मकवानपुरले प्रकाशन गरेको सुचनामा नबिकरण तथा इजाजत लिनु भनेको छ तर कहिले सम्म लिनु पर्ने उल्लेख नगरेको हेटौंडा को एक किल्निक सन्चालक ले बताए यसर्थ स्वास्थ्य कार्यालाय को सुचना अबैध निजि संस्था को नियमन भन्दा पनि उक्साहट गर्न प्रेरित भएको देखिन्छ । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख ‘प्रणय कुमार उपाध्याय’ ले गलत देखिए कार्वाही गर्ने प्रतिक्रिया दिएको एक महिना सम्म पनि कुनै कारवाही हुन नसक्नुले प्रमुख उपाध्याय पनि चिर निन्द्रामा रहेको बुज्न सकिन्छ । अबैध निजि स्वास्थ संस्था गल्ली गल्लिमा निर्वाध चली रहंदा पनि स्वास्थ्य कार्यालय मकवानपुर भने अपरिपक्को सुचना मै अड्किएको छ । मकवानपुरमा संचालित ६० डेन्टल किल्निक मध्य जम्मा २ ओटा मात्र इजाजत प्राप्त रहेको छ । बाकी ५८ डेन्टल किल्निक लाई कानुनी दायरामा ल्याउन अनुगमन गर्न नियमन गर्न कस्ले रोक्यो स्वास्थ्य कार्यालय मकवानपुर लाई ? मकवानपुर मा अबैध निजि स्वास्थ्य संस्था संचालन मा रहेका छन्  नियमन तथा अनुगमन के भैरहेको छ भनी जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी ‘बाबुराम अर्याल’ सङ्ग प्रतिकृया लिदा खासै केही नभएको त्यति बुजी नसकेको जस्तो गैर्ह जिम्मेवार जबाफ दिए । तिनै अर्याल जस्लाइ मकवानपुरको प्रशासन को अनुगमन समिती का संयोजक रहेका छ्न । अनुगमन समिती को संयोजक नै बेखबर हुने गरि सयौं निजि स्वास्थ्य संस्था अबैध रुपमा चल्नु ले मकवानपुर प्रशासनको अनुगमन प्रती पनि कतै प्रभाब त होइन भन्ने गुनासो चल्न थालेको छ । राज्यलाइ करोडौं ठगी गरि उपचार को नाममा जनताको ढाड सेक्ने अबैध निजि स्वास्थ्य संस्था लाई कस्ले गर्ला कारवाही ?   ‘बागमती एक्स्प्रेस साप्ताहिक’ बाट…


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट