‘द मम् -व्युटी कन्टेस्ट’ को आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

प्रकाशित मिति: १९ भाद्र २०७८, शनिबार

काठमाडौं- मोडल सङ्स नेपालले ‘द मम् -व्युटी कन्टेस्ट’ को आवेदन खुला गरेको छ । मोडल सङ्सले अनलाईनमार्फत आवेदन दिन सकिने व्यवस्था सहित भाद्र १८ गते शुक्रबार देखी प्रतियोगिताको आवेदन खुला गरेको हो । द मम् मा भाग लिन इच्छुक महिलाहरुले अनलाईन मार्फत वा मोडल सङ्सको कार्यालय कामपा-२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए । कार्यक्रम बारे थप जानकारी दिदै राजपुत भन्छन् ’इच्छुक महिलाहरुले रु. एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’ । सहभागीहरुलाई नेपालका चर्चित कोरियोग्राफर रोजिन शाक्यले तालिम दिने राजपुत बताउँछन् ।‘द मम्’ अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक रहने आयोजक संस्थाका सरोज ओझाको दाबी छ । द मम् लाई फरक तरिकाले गर्न खोजिएको जानकारी दिदै ओझा भन्छन् ‘इभेण्ट क्षेत्र गसिपको क्षेत्र हो, त्यसैले यहाँ अनेक खालका चर्चा परिचर्चा हुनु स्वभाविक मानिन्छ, यद्यपी हामी गसिप चाहदैनौ, यस अर्थमा हामीले प्रतियोगितालाई मनोरन्जनको दृष्टिकोणबाट मात्र नहेरी आमा बनिसक्नु भएका नारी/ महिलाहरुको क्षमतालाई मुखरित गर्न, ग्रुमिङको अवसर दिलाउन प्लेटफर्म विकास गर्ने लक्ष्यका साथ अघि बढेका छौं’ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड