दशैं मान्ने खर्च जुटाउन बिद्यालय खोल्ने तयारी

प्रकाशित मिति: १४ भाद्र २०७८, सोमबार

हेटौंडा, मकवानपुर का निजि बिद्यालय सन्चालक हरु ले बिद्यालय सुचारु गर्न र विद्यार्थी बाट शुल्क असुल गर्न कुनै पनि तिकडम बाकि राखेका छैनन् । कोभिड १९ का कारण बन्द रहेका बिद्यालय यथासक्य छिटो सन्चालन गर्न पाए दशैं अगावै शुल्क उठाउन बाटो खुल्ने भन्दै निजि बिद्यालय संचालक एवम निजि बिद्यालय संचालकहरुको छाता सघठन हात धोएर पछि लागेको अबिभाक हरु ले गुनासो गरेका छ्न । दैनिकी रुपमा कोभिड सक्रमित को सख्या बढी रहेको ले तत्काल बिद्यालय सन्चालन गर्न नहुने अबिभाबक हरु को भनाइ रहेको भए पनि बिद्यालय संचालक हरु दशैं अगवै शुल्क असुल गर्न का लागि विभिन्न तिकड्म एवम् सेटिङ गरि रहेको बुजिएको छ ।
राज्यले तत्काल बिद्यालय सन्चाल्न नगर्नु नगराउनु भनी रहेको बेला मकवानपुरमा भने विद्यालय संचालक हरु कुनै पनि हालतमा बिद्यालय सन्चालन गराउने प्रयत्न मा रहेका छ्न । नारा जुलुस र्याली गर्न हुने बिद्यालाय सन्चालन गर्न किन नहुने खालका तर्क राख्दै बिद्यालय संचालक हरुले तिकडम सुरु गरेका छ्न । कसैको दशैं मानी दिनको लागि हाम्रा नानी बाबू ले जोखिम मोलिदिनुपर्ने चाहिँ किन एक अबिभाक ले गुनासो गरे । कोभिड विरुद्ध को खोप लगाएका युवा हरुले नारा जुलुस के के गरे त्यो संग हाम्रा साना साना नानी बावु को तुलना गरिनु गैर्ह जिम्विवारी कुरा हो अर्का अबिभाक को भनाइ रहेको छ । अनलाइन बाट पढाइ भैरहेको ले तत्काल भौतिक रुपमा आफ्ना नानी बाबू लाई बिद्यालय पठाउन नसकिने अबिभाबक हरुले बताएका छ्न । यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेसित अब बिद्यालय के हुन्छ भनी सोध्दा प्रमुख जिल्ला आधिकारी भन्छ्न ” अहिले तत्काल बिद्यालय सन्चालन गर्न सक्ने अवस्था नरहेको र यो विषयमा हामी ले समिती नै बनाएर के गर्दा उचित होला भनेर छ्ल फल गरि रहेका कारण छिटोभन्दा छिटो एउटा निचोड निस्कने साथै हामिले सबै स्थानिय तह शिक्षा समिती शीत के गर्दा उचित होला भनेर प्रतिबेदन मागेका छौं त्यो आए पछि सबैको राए बुझेर के गर्दा ठिक हुन्छ त्यो गर्न हामी तयार छौं । ” उनले थपे यो जोखिम परिस्थिति मा साना साना नानी बाबू हरु को स्वास्थमा कुनै असर नपरोस भनेर अहिले बिद्यालय सन्चालन नगर्न नगराउन हामीले भनेका छौं । हामीलाई अबिभाबक हरु ले पनि तत्काल हाम्रा नानी बाबू बिद्यालय पठाउन सक्ने अबस्था नरहेको बताउदै आएका कारण पनि तत्काल बिद्यालय सन्चालन गर्न सकिँदैन ” ।
बिद्यालय मालिक हरु भने यो वा त्यो बहानामा दशैं अगावै एक हप्ता को लागि भएपनि बिद्यालय सन्चालन गरेर अबिभाबक बाट सुल्क असुल उपर गर्ने तयारिमा लागेका छ्न । कोरना को जोखिम न्यूनीकरण भन्दा पनि कसरी शुल्क असुल गर्न पाइन्छ भनेर बिद्यालय प्रशासन बिद्यालय संचालक मालिकहरु लागि परेका छ्न । नानी बाबुको स्वास्थ भन्दा पैशा ठूलो मान्ने बिद्यालय सन्चालक को चेत कहिले आउला ?


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट