कोरोना कहरलाई सामना गर्दै सिरहाको संस्थागत बिधालय संचालनमा

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार

सिरहा, लाहान लगायत जिल्ला भरिका निजी तथा संस्थागत विद्यालयहरु आज बिहिबार देखि संचालनमा आएका छन् । स्वास्थ मापदण्ड पालना गरि हाल कक्षा ६ देखि कक्षा १२ सम्मको पठनपाठन हुने जानकारी एक पत्रकार सम्मेलनमार्फत गराईएको हो ।

लामो समय देखि विद्यालय बन्द रहेको कारण विद्यार्थीहरुको शैक्षिक र मानसिक स्तर तल झर्दै गएको भन्दै विद्यालय खोल्नुको विकल्प नरहेको वक्ताहरूले बताए ।

प्रत्यक्ष रुपमा पठनपाठन रोकिनुले बालबालिकामा नाकारात्मक प्रभाव परेको अभिभावकहरुबाट व्यापक रुपमा गुनासो आईरहेको ,’नेशनल प्याव्सनका केन्द्रिय सल्लाहाकार तथा मेरि चिल्ड्रेन स्कुलका लहानका प्रिन्सिपल पाण्डव हमाल ठकुरीले जनाए ।

हमालले भने ु पढाइ रोकिनुको कारणले बच्चाहरु कुलतमा फस्न थालेका छन साथै कतिपय त मनोबैज्ञानिक रुपमा डिप्रेसनको सिकार बन्ने स्थितिमा छन । यसले देशकै भविष्य बिगार्ने भएकोले विद्यालय खुल्न लागेको हो । ु
कोभिड–१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागु गरि विद्यालय संचालन गर्ने कार्यक्रम आयोजकले बताए ।

भदौ ९ गते बुधबार लहान स्थित उद्योग वाणिज्य संघको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराईएको हो । कार्यक्रममा नेशनल प्याव्सनका जिल्ला अध्यक्ष सुदिपकुमार चौधरी र प्याब्सनका जिल्ला अध्यक्ष लालबाबु रायद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै विद्यालय खोल्ने बारे जानकारी गराईएको हो । शैक्षिक संस्था बाहेक अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय खोल्नु अति आवस्यक भएको सो विज्ञप्तीमा जनाइएको छ ।

उनले ७७ औं जिल्लाको संक्रमण अवस्था हेरेर पढाई सञ्चालन गर्नुपर्ने बताए । हमालको अनुसार विद्यालय सञ्चालनका विषयमा देशको सबै स्थानीय तह, स्थानीय प्रशासन तथा सरोकारबाला निकायहरुसँग छलफल जारी रहेको र कतिपय जिल्लाहरुमा पढाई संचालित भईसकेको जानकारी गराए ।

उता प्याब्सनका प्रदेश २ अध्यक्ष मुरारी प्रसाद साहले लामो बन्दका कारण बाल मनोविज्ञानमा घातक असर पर्न थालेको बताएका छन । साहले भर्चुअल कक्षा सिराहाको लागि खासै प्रभावकारी नभएको जिकिर गरे


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड