पानीपुरीमा पिसाब मिसाइरहेको प्रत्यक्ष भेटियो

प्रकाशित मिति: ९ भाद्र २०७८, बुधबार

जितेश मण्डल
भाद्र ९ / एजेन्सी । काठमाडौका सडक छेउमा पानीपुरी खाने युवायुवतीको भिड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ । यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन ।

तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ ? स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ । यो भिडियो नेपालको भने होइन । तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति लापरवाही भएको होला भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ ।

भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो । भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड