भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

प्रकाशित मिति: २८ चैत्र २०७७, शनिबार

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको हर्कतबाट देशलाई बचाउन जिम्मेवारपूर्ण ढंगले काम गर्ने बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष भट्टराईले शुक्रबारबाट नयाँ सरकार गठनका लागि औपचारिक छलफल शुरु भएको बताउनुभयो । उहाँले एउटै पार्टीले ठोस निर्णंय गर्नु भन्दा पनि सबै पार्टीहरुसँग सम्बाद गरेर मात्र निष्कर्ष निकाल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

 

अध्यक्ष भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति दिलाउन जिम्मेवारी पूर्ण ढङगले काम गर्ने पनि बताउनुभयो । ओली सरकारलाई छिट्टै विदाई गर्ने तयारी भइरहेको पनि उहाँको जिकिर थियो ।

जनता समाजवादी पार्टीमा दुर्ई धार नभएको तर दुई विषय हुँदा आम जनता भ्रममा परेको पनि भट्टराईको दावी थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र

संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै