घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

प्रकाशित मिति: १८ चैत्र २०७७, बुधबार

मंगलबार दिउँसो घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा भेटिएकाे सूचना प्राप्त भएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर मेयर संजीव साहले बेपत्ता सातै जना भारतको सितामरीमा भेटिएको सूचना प्राप्त भएको न्युज २४ नेपाललाई बताए ।

न्युज २४ नेपाललाई मेयर साहले बताएअनुसार घाँस काट्न गएका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु मंगलबार दिउँसो बेपत्ता भएका थिए । उनीहरु हराएको सूचना प्राप्त भएसँगै खोजीका लागि निरन्तर प्रहरीको टोलीले खटिएको थियो ।

बुधबार बिहान ती बालिका र किशोरीहरु भारतको सितामरीमा रहेको सूचनाप्राप्त भएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली भारततर्फ हराएकाहरुको पहिचान र उद्धारका लागि गइसकेको मेयर साहले बताए । उनलेभ भने, ‘मंगलबार राति अबेरसम्म खोजिए पनि हराएकाहरुलाई भेटन् सकिएन । तर, बुधबार बिहान भारतको सितमरामा रहेको सूचना प्राप्त भएसँगै त्यसतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली प्रस्थान गरिसकेको छ ।’

मेयर साहका अनुसार घाँस काट्न जाँदा हराउनेहरुमा १७ वर्षीया अस्मिता पासवान, साेही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन् ।

गाउँमा एकै पटक ७ जना बालिका र किशोरी हराएपछि सिँगो गाउँ नै त्रसित भएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
गल्कोटका एक व्यक्तिले गरे आत्महत्या

शशि कार्की द्वार सिन्धुली जिल्ला मरिण गाउँपालिकालाई स्वास्थ सामग्रीको सहयोग।

भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र