नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलवार

सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा सञ्चालनमा आएको र नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द भएको छ ।

बराहक्षेत्र एण्ड मरिन रिर्सोट प्रा.लीले सञ्चालनमा ल्याएको सो पानीजहाज पार्टपुर्जाको अभावमा बन्द भएको हो । एकै पटकमा ८० देखि ९० जनासम्म यात्रु वोक्न सक्ने उक्त पानीजहाजको पार्टपुर्जा नेपालमा नपाइने भएकाले विदेशबाट आउन समय लाग्ने भएकाले अहिले बन्द गर्नु परेको प्रालिका सुपरभाइजर खगेन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

वर्खायाममा यात्रु नआएपनि जहाज चल्ने ठाउँका बासिन्दाको खाद्यान्न ओसारपसारको लागि सहयोग पुग्ने उहाँको भनाइ छ । यसै कम्पनीका अन्य तीन जहाज सञ्चालनकै अवस्थामा रहेपनि यात्रुलाई सहजता प्रदान गर्न नसकेको भट्टराईले बताउनु भयो ।

बन्द भएको जहाजमा बाथरुम, ट्वाइलेट, वातानुकुलित कोठा लगयातका सुविधा रहेका छन् । जहाज पुनः सञ्चालनका लागी पार्टपुर्जा ल्याउने पहल भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र

संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै