प्रभा बर्तौला
“११ औं अन्तर्राष्ट्रिय दलित साहित्य एकेडमी अवार्ड भारत (मणिपुर) “अवार्डबाट वरिष्ट समाजसेवि तथा कलाकार लक्ष्मण श्री सम्मानित भएका छन। समाजको विभिन्न क्षेत्रमा निरन्तर रुपमा निस्वार्थ भावले योग्दान पुर्याएको भन्दै उनलाई उक्त अवार्ड तथा सम्मान प्रदान गरिएको हो। यस सम्मानको अर्थ अब जिम्मेवारीबाट अवकाश लिनुहोस भनेको होइन, बरु सम्मान पाउने व्यक्तिहरु लाई अझै थप समाज प्रती जिम्मेवारी बन्न झक्झकाउने , समाजमा अझ धेरै योगदान पुर्याउने अपेक्षाले सामाजिक क्षेत्रमा समाज सेवामा योगदान पुर्याएको भन्दै यस अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड प्रदान गरिएको हो ।
संम्मानितहरुको नेतृत्व गर्दै बोलेका समाजसेवि लक्ष्मण श्री ले यो अवार्ड सम्मान बाट आफुलाई थप जिम्मेवार बनाएको भन्दै आयोजग सस्था प्रती धन्यवाद व्यक्त गरेका थिय लोक गीतको क्षेत्र बाट राजु परियार रेजिना परियार लगाएत विभिन्न बिधाबाट २५ जना समेत यस अवार्डले संम्मानित हुनु भएको थियो भने कुरा हामिलाई आयोजग सस्थाले भनेको थियो
अवार्ड सम्मान भारत साहित्य एकेडेमी का सेक्रेटरी महिन्द्र कुमार सिंह र पुर्व संसद ऋषिबाबू परियार हात बाट गरिएको थियो भने उक्त कार्यक्रमको संचालन साध्य बस्नेतले गर्नु भाएको थियो।