केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहीबार

  1. जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दल नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै सत्ता साझेदारी गर्न नसकिने बताउनुभएको छ ।

बिहीबार जसपा कार्यकारिणी समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले ‘प्रतिगमनकारी ओली’सँग सहकार्य गर्नै नसकिने बताउनुभएको हो ।

 

सञ्चाकर्मीसँग उहाँले भन्नुभयो, ‘ओलीसँग सति जाने भनेर कसैले प्रस्ताव त ल्याउनु पर्‍यो ? त्यो प्रस्ताव कसैले ल्याएको छैन। पार्टी कमिटी बाहिर कसले के बोल्यो कसले कसलाई कान फुक्यो भन्ने आधारमा पार्टीले नीति निर्धारण हुँदैन। हामी स्पष्ट छौं। यसमा कुनै शंका छैन। ओली जस्ता प्रतिगमनकारी शक्तिका विरुद्ध उभिन्छौं। उनीसँग लगनगाँठो बाध्न सकिँदैन ।’

प्रधानमन्त्री ओलीसँग सहकार्य गरेर जाँदा मधेश आन्दोलनलाई धोका हुने यादवले बताउनुभएको छ । उहाँका अनुसार जसपाले ओलीसँग सहयर्का गर्नु भनेको लोकतन्त्रलाई धरापमा पारेर संघीयतलाई खारेज गर्न बल दिनु हो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी काम गरेको उहाँको आरोप छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधीसँग सहकार्य हुनै नसक्ने उहाँले स्पष्ट पार्नुभएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र

संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै