नेपाल कम्युनिस्ट पार्टी विवाद सर्वोच्च अदालतमा

प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी विवाद सम्बन्धि सर्वोच्च अदालतमा परेको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ। २ वर्षअघि नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले दायर गरेको रिटमा बिहीबारदेखि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाइ भइरहेको छ।

 

यसअघि केही पेशी लगातार चढेपनि विभिन्न कारणवश स्थगित हुँदै आएको थियो। २०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाम पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै कट्टेलले मुद्दा दायर गरेका थिए। ३ वर्षदेखि विचाराधीन मुद्दा अन्तिम फैसलाका लागि बिहीबार पेसीमा चडाइएको छ ।

हाल सत्तारूढ नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल र केपी शर्मा ओली गरि दुई समूहमा विभाजित छन् । सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्नेछ। यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा पूर्वएमाले र पूर्वमाओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुने छ।

 


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र

संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै