‘मेरा भाईहरुले लड्डु ख्वाइ ख्वाइ गरेका

प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला सामान्य भएको र यसले आफूलाई कुनै असर नगर्ने बताउनुभएको छ । बुधबार (आज) ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले आफूलाई कुनै असर नगर्ने बताउनुभएको हो ।

त्यस्तै, उहाँले आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने पनि बताउनुभयो । मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको खुसीयालीमा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले लड्डु ख्वाइ ख्वाइ गरेका थिए ।

सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मेरा भाईहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन् । के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछ हेर्नु छ ।’

त्यस्तै, उहाँले जिन्दगीको कुनै ठेगान नभएको र जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो, भन्दै भन्नुभयो, ‘भोलि–पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि भन्ने लागिरहेको छ । राजीनामा देउ, राजीनामा देउ । त्यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हर्टअट्याक भएर मर्न सक्छ । ब्रेन ह्यामरेज भएर मर्न सक्छ । गाडी ठोक्किएर मर्न सक्छ ।’

यसैक्रममा तत्काल राजीनामा नदिने संकेत गर्दै उहाँले अहिलेकै सरकार रहने र विकासको कुरा अगाडि बढिरहेको पनि बताउनुभयो । विकासको मार्गमा निश्चिन्त रुपमा अगाडि बढ्न पनि उहाँले सुझाउनुभएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र

संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै