निफ्राको शेयरलाई हतियार बनाए

प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार

लगानीकर्ताको मनोविज्ञानसँग खेलवाड गरेको भन्दै लगानीकर्ता संघहरुले नियामकसँग जवाफ मागेका छन् । बुधबारको कारोबारमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको शेयरलाई हतियार बनाएर परिसूचकमा नियोजित रुपमा नकारात्मक सूचक बनाई लगानीकर्ताको मनोविज्ञानसँग खेलवाड गरेको भन्दै लगानीकर्तासंघहरुले नियामकसँग जवाफ मागेका हुन् ।

लगानीकर्ता संघहरुले संयुक्त विज्ञप्ति जारि गर्दै लगानीकर्ताको मनोविज्ञानसँग खेलवाड गर्ने जो कोहि व्यक्ति, संस्था वा निकायहरुको अवान्छित गतिविधिलाई सहेर नबस्ने चेतावनी दिएका छन् ।

नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल , नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहले संयुक्त रुपमा यस्ता मनोवृति र घटनाहरु नदोहोरिने प्रत्याभूति गराउन माग गरेका छन् । संघहरुले यी लगायत लगानीकर्ताले भोग्दै आएका अन्य समस्याको सम्बोधन गरि समस्या समाधान गर्न माग गरेका छन् ।

लगानीकर्ताहरुले आफ्नो गल्ति नहुँदा नहुदै पनि मेरोशेयरमा देखिने प्राविधिक समस्याको कारण क्लोज आउटमा परि जरिवाना तिर्नु परेको अवस्थालाई पनि तत्काल सम्बोधन गर्न संघहरुले माग गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र

संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै