काँग्रेसद्वारा भागरथी भट्टको परिवारलाई दुई लाख राहत

प्रकाशित मिति: २ फाल्गुन २०७७, आईतवार

बलात्कार पछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाँउपालिका चढेपानीकी १७ बर्षिया छात्रा भागरथी भट्टको परिवारलाई प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसले दुई लाख रुपैया आर्थिक राहत सहयोग गरेको छ ।

काँग्रेस केन्द्रीय समिति सदस्य एव पुर्वमन्त्री रमेश लेखकलाई काँग्रेस केन्द्रीय समितिले घटना बुझ्नका साथै काँग्रेसका तर्फबाट राहत सहयोगका लागि बैतडी पठाएको थियो । बैतडी पुगेका काँग्रेस नेता लेखकले मृतक भट्टको परिवारलाई राहत स्वरुप २लाखको चेक हस्तान्तरण गरेको नेपाल टे«ड यूनियन काँग्रेस केन्द्रीय सदस्य तथा कञ्चनपुर काँग्रेंस नेतृ निलम लेखकले बताईन् । नेतृ लेखकका अनुसार काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले घटना स्थल, घर परिवार आफन्त, छरछिमेकी राजनीतिक दल, प्रशासन सुरक्षा निकायसंग समेत घटना बारे बुझेका छन ।

काँग्रेस कञ्चनपुरकी नेत्रृ निलमका अनुसार नेता लेखकले कुनैपनि हालतमा दोषि उम्किन नदिने, पीडितलाई न्याय दिलाउन सिङ्गको काँग्रेसले पहल गर्ने नेता लेखकको उद्घोष गरेको बतार्इंन । ‘हाम्रो पार्टीका तर्फबाट केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखक ज्यूले घटनाबारे सबै पक्षसंग बुझ्नुभयो, ‘उनले भनिन, ‘दोषिलाई कानुनी कठघरमा उभ्याउन र काँग्रेसले यस्ता हिंसा रोक्नका लागि पहल गर्ने उद्घोष गरेका छन ।’ कञ्चनपुरबाट काँग्रेस नेतृ निलमसंगै सन्तोषी साउद(ऐर), लक्ष्मी थापा(भट्ट) सहित बैतडी पुगेर घटनाको भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
गल्कोटका एक व्यक्तिले गरे आत्महत्या

शशि कार्की द्वार सिन्धुली जिल्ला मरिण गाउँपालिकालाई स्वास्थ सामग्रीको सहयोग।

भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र