जापानमा छायांङ्कन गरिएको भिडियो माया लाऊ कि नलाऊ सार्वजनिक

प्रकाशित मिति: १ फाल्गुन २०७७, शनिबार

संसारकै व्यस्त शहर टोकियोमा छायांङ्कन गरिएको माया लाऊ कि नलाऊ बोलको म्युजिक भिडियो Rising Nepal Entertainment YouTube मार्फत सार्वजनिक भएको छ। गायक महेश शिवा को स्वर रहेको यस गीतमा म्युजिक एरेन्ज धनु ग्यानजिमाईको छ भने यस भिडियोको छायांङ्कन,सम्पादन र निर्देशन केही समय पहिले देखि नै निरन्तर म्युजिक भिडियो निर्माण गर्दै आएका नेपाली गीतलाई निरन्तर माया गर्ने संगित प्रेमी तेजेन्द्र भन्डारीको रहेको छ।यस गीतमा मोडलका रुपमा हेमन्त खत्री र अनु मगर लगायत मनोज जंग क्षेत्री,महेश जंग क्षेत्री,राम खत्रीलाई देख्न सकिन्छ।अडिसन दर्लामी मगरको संयोजन समेत रहेको यस गीत लाई संसारकै व्यस्त शहर मानिने टोकियोमा छायांङ्कन गरिएको यस भिडियो शुक्रवार बजारमा ल्याईएको हो।।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट