रामकुमारी झाँक्रीलाई रिहा गर्न माग

प्रकाशित मिति: २९ माघ २०७७, बिहीबार

प्रचण्ड–नेपाल समुहद्वारा नेतृ झाँक्रीलाई तुरुन्त रिहा गर्न माग
काठमाडौं, २९ माघ । नेकपा प्रचण्ड–माधव समूहले पार्टीको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई अलिम्व (तुरुन्त)
रिहा गर्न माग गरेको छ ।

बिहीबार नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नाराणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै निःसर्त र अबिलम्ब नगरी नेतृ झाँक्रीको रिहा गर्नुपर्ने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्र्सना गर्दै केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई निःसर्त र अबिलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’

१६ माघमा गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार नेतृ झाँक्रीलाई शंमखुलस्थित निवासबाट पक्राउ गरेको थियो ।

प्रचण्ड–माधव समूहले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको भन्दै त्यसको विरोध गरेको छ । बिहीबारको घटनाले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको विज्ञप्तिमार्फत भनिएको छ । साथै, नेतृ झाँक्रीको गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको पनि विज्ञप्तिमा भनिएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट