जन्मदिनको अवसरमा मामाघरलाई समाजसेवि सापकोटाको छोरा रेहान द्वारा सहयोग

प्रकाशित मिति: १ माघ २०७७, बिहीबार

बालबालिकाको सहयोगी संस्था मामाघर नेपाललाइ आफ्नो जन्मदिनको अबसरमा समाजसेवि योग्यराज सापकोटा को छोरा रेहान सापकोटा ले खाद्यान्न सहित नगद सहयोग गर्नु भएको हो ।
हेटौंडा को नबोदय शिशु सदन मा पाच कक्षामा अध्यान गरि रहेका रेहान ले आफ्नो जन्मदिनमा मामाघर नेपाल लाई सहयोग गर्न पाउँदा निक्कै खुशी लागेको उनले बताए ।
आफ्नो एघारौं जन्मदिन मामाघर नेपाल मा मनाउन पाउँदा आफू निक्कै खुशी भएको रेहानले बताए । आफ्नो बाबा ममि ले गरेको समाज सेवा बाट आफू प्रभाबित भयर मामा घर लाई सहयोग गरेको रेहानले बताउनु भयो ।
रेहान ले आफ्नो जन्मदिनमा मामाघर नेपाल लाई नगद ९ हजार सहित विभिन्न खाद्यान्न सहयोग गर्नु भएको थीयो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट