बाग्लुङ्ग गल्कोटमा आफ्नो जन्मभुमि विकासका लागि प्रवासीहरु

प्रकाशित मिति: २८ पुष २०७७, मंगलवार

बागलुङ जिल्लाको पश्चिम गलकोट नगरपालिका वडा नं ४ चमुवाको शिरमा अवस्थित प्रचुर पर्यटकिय संम्भावना बोकेको निलुवाकाो पुर्वाधार विकास निर्माण गर्नका लागि गलकोट नगरपालिका वडा नं ४ बाट अध्ययन तथा रोजगारीको शिलशिलामा जापान रहेकाहरुलाई संगठित गरि विगत ६ वर्ष देखि संचालित साझा संस्था निलुवा समाज चमुबा जापानले आर्थिक संकलन गरि विकास निर्माणका साथमा पर्यटकय पर्वद्दनमा पनि सहकार्य गर्दै आइरहेको निलुवा समाज चमुबा जापानका संस्थापक अध्यक्ष तथा संरक्षक भोजेन्द्र सुबेदीले बताउनुभयो ।
निलुवा भौगोलिक रुपले अत्यन्तै मनमोहक र सुन्दर हुदाँहुदै पनि प्रचारप्रसार र विकासका पुर्वाधारहरुको कमीले पछाडी परेको बताउदै यस ठाउँको विकास निर्माणका साथ साथै पर्यटकिय प्रर्वद्दन र प्रचारप्रसारका लागि आगामी दिनहरुमा योजना गत रुपमा संस्थाले कार्ययोजना समेत तयार गरेको संस्थाका अध्यक्ष थमबहादुर छेत्रीले बताउनुभयो ।
समाजले स्थापना काल देखि नै निलुवाको पुर्वाधार एवम् पर्टकीय प्रर्वद्दन विकास कार्यक्रमका लागि आज सम्म करीब १० लाख भन्दा धेरै सहयोग गरिसकेको समाजका सचिव जी आर सुवेदीले जानकारी दिनुभयो ।
बागलुङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छ भन्नेमा जोड दिदै निलुवा प्राकृतिक रुपमा त सुन्दर छदै छ त्यस मा पनि त्यहाँबाट देखिने हिमश्रङ्खला र सानो सानो खरका परम्परागत रुपमा बनेका गोठहरुले त्यहाँ जाने जो कोहीलाई पनि आनन्दीत तुल्याउछ । यसका बाबजुत अब निलुवामा धार्मीक आस्थाका पर्यटकलाई पनि आकर्षण गराई त्यो ठाउँ सम्म पुग्नु पर्छ भन्ने गराउनको लागि धार्मीक रूपमा पुर्वाधार निर्माण विकास गर्नका लागि ठूलो सहयोग गर्न समाजले आन्तरिक तयारी गरीसकेको र यसका लागि कस्ता खालको संरचना उपयुुक्त हुन्छ भन्ने कुरा अध्ययन भै रहेको समाजका सल्लाहकार सदस्य मोहनराज सुवेदीले बताउनुभयो । हामी प्रवासीहरुले आफ्नो ठाउँमा केही गर्नु पर्छ भन्ने सोचका साथ संकलन गरेको रकम स्थानीय रुपमा निलुवा पर्यटकीय क्षेत्र प्रवद्दन केन्द्र सँगको सहकार्यमा केन्द्रले उपयुुक्त ठाँउमा सही सदुपयोग गरेको र आगामी दिनमा पनि आफूहरुले दुःख गरि कमाएर आफ्नो ठाउँको विकासका लागि गरेको सहयोग सही सदुपयोग हुनेछ भन्ने सस्थाका सह सचीब भुमीराज सुवेदी (ठिटो)ले बताउनु भयो ।
प्रवासी दाजुभाइहरुले ऐक्यवद्धता जनायर आफ्नो ठाउँको विकास निर्माणमा ढुक्क भयर सहयोग गर्न र त्यसका लागि स्थानीय रुपमा आफुहरुले सही ठाँउमा उचित व्यवस्थापनका साथ काम गर्ने निलुवा पर्यटकीय क्षेत्र प्रर्वदन केन्द्रका अध्यक्ष ओमकार सुवेदीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट