माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) 55कि .मी मा नेपाल

प्रकाशित मिति: २८ पुष २०७७, मंगलवार

चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा नेपालकी सुनमाया बुढा विभिन्न राष्ट्रका दुई सय ९३ जना धावकको सहभागिता रहेको उक्त म्याराथनमा उनी पहिलो भएकी हुन् । उनले ५५ किलोमिटरको निर्धारित दूरी पाँच घन्टा ४४ मिनेट १९ सेकेन्डमा पूरा गरिन् । अल्ट्रा म्याराथन नेपाली समयअनुसार शुक्रबार बिहान सुरु भएको थियो । म्याराथन वेनझी गुवाङ चाङ स्क्वायरबाट सुरु भई हेसुन ऐन्सेट टाउनमा पुगेर सकिएको थियो । प्रतियोगितामा निर्धारित दूरी सात घन्टा दुई मिनेट ४२ सेकेन्डमा पूरा गर्दै अमेरिकाकी मेरिडिथ एडवार्डस् दोस्रो र सात घन्टा ३६ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै चीनकी च्याङ पिङ फ्याङ तेस्रो भए ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट