आत्मनिर्भर बन्दै देउराली कृषक समूह

प्रकाशित मिति: २७ पुष २०७७, सोमबार

जननी नेपाल,बाग्लुङ्ग -नेपाल एक कृषि प्रधान देश हो l पछिल्लो समयमा महिला हरु पनि कृषि तर्फ आकर्षित हुदै गैरहेका छन् l बाग्लुङ्ग जिल्लाको गल्कोट नगरपालिका वाड न. २ मौरिया देवीथानका महिलाहरु सामुहिक कृषि गर्दै आइरहेका छन् l देउराली कृषक समूह मार्फत उनीहरुले व्यावसायिक रुपमा तरकारी खेति गर्न थालेका हुन् l कृषि व्यवसायमा लागे पछि महिलाहरु आत्मनिर्भर मात्र नभई व्यावसायिक कृषकको परिचय समेत बनाउन थालेका छन् ।
महिलाहरुले गाउँमै एकआपासमा सल्लाह गरेर ११ जना महिला सामेल भई गङ्गा खत्रीको अध्यक्षतामा देउराली कृषक समूह गठन गरेका थिए । उनीहरुले सोही समुहलाई गलकोट नगरपालिकामा दर्ता समेत गरेका छन् । उनीहरुले गाउँकै जग्गामा सामुहिक तरकारी खेती गरेका छन् ।
अहिले बन्दा, काउली, लसुन, मुला, गाजर, आलु, तथा च्याउ खेती गरिरहेको संस्थाको अध्यक्ष गङ्गा खत्रीले बताउनु भयो l
स्थानीय सरकारले पनि महिलाहरुका लागि बिशेष योजना लिएर काम गरेमा महिलासँगै अन्य युवाहरुको पनि कृषि कर्ममा आकर्षण बढ्ने निश्चित छ l


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट