प्रधानमन्त्री के पि ओलि को कु बिरुद्ध बकैयामा बिरोध सभा सम्पन्न

प्रकाशित मिति: २५ पुष २०७७, शनिबार

नेपाली कांग्रेस मकवानपुरले बकैया गाउँपालिकाका वडा नम्बर-४ जुरेलीमा शनिबार विरोध कार्यक्रमको आयोजना गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटनको विरुद्ध नेपाली कांग्रेसले देशव्यापी रूपमा पुस २५ गते ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रममा अनुसार मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १, प्रदेश निर्वाचन क्षेत्र १ को ‘क’ बकैया गाउँपालिकाको जुरेलीमा विरोध
कार्यक्रमको आयोजना गरेको हो।
कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सचिव सुवात सिंह थिङको सभाध्यक्षता भएको विरोध कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा
रहेको थियो।विरोध कार्यक्रमलाई कांग्रेस मकवानपुर कोषाध्यक्ष गोपीलाल विक,जिल्ला सह-सचिव रामबाबु बानियाँ,कांग्रेस मकवानपुर सल्लाहकार दामोदर सुवेदी, नेपाली कांग्रेस संघिय क्षेत्र नम्बर १ को सभापति तथा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल,कांग्रेस मकवानपुर महासमिति सदस्य धर्म लामिछाने, ने वि संघ मकवानपुरका सभापति राजु खतिवडा लगायतकाले सम्बोधन गर्दै कोपी शर्मा ओलीले संसद विघटन गरि संबैधानिक कु गरेको आरोप लगाएका छन।
विरोध कार्यक्रममा जिल्ला सदस्य सुसान्त श्रेष्ठ,नामदेव शिलवाल,दोर्जे लामा स्याङतान,तरुण दल जिल्ला सचिव सचित थापा, नेपाल शिक्षक संघ मकवानपुरका सचिव टिका प्रसाद दाहाल, काग्रेस बकैया गाउँपालिकाका ससभापति भुमिनन्द गौतम,बागमती गाउँपालिकाका सभापति भक्त बहादुर राई,गढी गाउँपालिकाका सभापति राजविर मोक्तान,हेटौँडा १६ का वडाध्यक्ष राम कृष्ण कोइराला,महाधिवेशन प्रतिनिधि उर्मिला पुलामी,सहकारी विभाग सदस्य मिठ्ठाराम दाहाल,कांग्रेस हेटौँडा वडा नम्बर १६,१७,१८ गढीगाउँपालिका वडा नम्बर १,२,३,४ बकैया र बागमती गाउँपालिकाका कांग्रेस नेता तथा कार्यकर्ता सहभागी रहेको थियो।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट