नेपाल विद्यार्थी संघद्वारा संसद विघटनको विरुद्धमा माइतीघर मन्डलामा प्रदर्शन

प्रकाशित मिति: २४ पुष २०७७, शुक्रबार

नेपाल विद्यार्थी संघले सँसद विघटन विरुद्धमा आज माइतीघर मन्डलामा प्रदर्शन गरेको थियो । प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । ओलि सरकारले असंबैधानिक र अलोकतान्त्रिक कदम चालेका कारणले आज नेपाल विद्यार्थी संघले माईतिघर मण्डलाबाट उल्टो हिडेर बिरोध प्रदर्शन गरेका थिए । नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको लोकतन्त्र गणतन्त्रात्मक राज्य व्यवस्थालाई आफ्नो भागवन्डा मिलेन भनेर संसद विघटन गर्न पाइदैन भन्दै प्रदर्शन गरेका थिए । सरकारले १७००० मानिसलाई सहिद बनाएर ल्याएको यो संविधानलाइ यो सरकारले कुर्सि तानातान गरेर नष्ट गर्न पाइदैन भन्दै आक्रोश व्यक्त गरेका थिए । संविधानको रक्षा गर्न पर्ने ठाउँमा उल्टै संविधान नस्ट गर्न लागेको भन्दै आन्दोलनरत नेबिसँघ र विद्यार्थीहरुले घोर भर्षना गरेका थिए ।

सरकार बेलैमा नसच्चिए अझ ससक्त ढङगबाट आन्दोलका कार्यक्रमहरु अगाडि बढाउने विद्यार्थी नेताहरुको घोषण थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट