“ए साईली” को अपार सफलता पछि अनिश दवाडिको “सुनन साइलो” सार्वजनिक

प्रकाशित मिति: २१ पुष २०७७, मंगलवार

काठमाडौं । लोक तथा दोहोरी गायक अनिश दवाडी र गायिका सरु सुनारको ‘सुनन साइलो’ बजारमा आएको छ । भर्खरैमात्र बजारमा आएको गीतमा गरिव परिवारको कथालाई उतारिएको छ ।

बिरामी बुवाआमा र श्रीमतीलाई छोडेर धन कमाउन सपना बोकेर परदेशीएको छोरो र श्रीमानको बाटो कुर्दा पिडा र साहुले दिने पिडालाई गीतमा कलाकार रन्जिता गुरुङ र जितेन्द्र ताम्राकारले अभिनयमार्फत गतारेका छन् ।

गीतमा रिना मेचेको शब्द रहेको छ भने गायक स्वयम् दवाडीको संगीत रहेको छ । दवाडीका यसअगाडि पनि धेरै गीत बजारमा आएका छन् । उहाँका गीतहरुमध्ये निकै रुचाइएको ‘कामी दाइको छोरो’ पनि एक हो । कामी दाइको छोरोमा उहाँको शब्द तथा संगीत रहेको छ ।

पछिल्लो समयका अति व्यस्त र रुचाइएका कलाकार तथा निर्देशक बिनोद भण्डारीले गीतलाई निर्देन गर्नुभएको छ । सुभारम्भ डिजिटल म्युजिकको अफिसियल युट्युवमार्फत गीतलाई सार्वजनिक गरिएको हो ।
‘कामी दाइको छोरो’ ‘ए साईली’….


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट