एडिनवरा, स्कटलैण्ड ।
http://www.facebook.com/Help-For-Siyona-Shrestha-102989271624041
नेपाल स्कटल्यान्ड एसोसिएसन परिवार तथा स्कटलैण्डबासी/ सामाजिक अभियन्ता द्वारा स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई सानो आर्थिक सहयोग गरेका छन्। स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी सियोनाको उपचारका लागि करिव २५ करोड रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। डेढ वर्षकी सियोनाको हाल उपचार भइरहेको छ। थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा, यस नेपाल स्कटलैण्ड एसोसिएसन, स्कटलैण्ड द्वारा पनि केही आर्थिक रकम सहयोग गरेका छन्।
यस संस्थाको पहलमा स्कटल्याण्डमा रहनुभएका दात्रीहातहरू र सामाजिक अभियान्ता हरू: भोला खनाल, भास्कर अधिकारी, प्रमिला तिमल्सिना गौतम, टीकाराम खराल, मंगला बस्नेत, जूना भण्डारी, स्वश्तिमा कार्की खडका, शारदा दाहाल, शिवा खराल, गोविन्दा राम कँडेल, मेनका कटवाल, सुधा न्यौपाने, दि बि थापा, सुषमा पुन, सिधांत क्षेत्री, आर के श्रेष्ठ, दीपा सापकोटा, जमुना कार्की, गीता खतिवडा, भीमा मैनाली, बीर बहादुर बिष्ट, संगीता अधिकारी खत्री, होम कुँवर, नबीन बस्नेत, शर्मीली लामा, सागर केसी, धर्मराज भट्टराई, सुन्दर खनाल, अनुपमा अधिकारी, मिलेस जोशी तथा यस संस्था द्वारा जम्मा पाउण्ड ९०४ (£904) सहयोग गरिदिन भएको छ भने स्कटलैण्ड बाट भाष्कर अधिकारी, सागर भण्डारी, शेर बहादुर केसी, बिनु श्रेष्ठ, सम्झाना कार्की, शर्मीला थापा गुप्ता, सुसांग बोमजन, माइकल वार्द द्वारा सियोनाको डाईरेक्ट गोफण्डमी फण्ड मा राखी सहयोग गरिदिएकोमा यस संस्था हार्दिक आभार प्रकट गर्दछ।
नेपाल स्कटलैण्ड एसोसिएसन सधैं यहांहरुको यस्तै सहयोगको अपेक्षा गर्दछ र सधैं यस्तै प्रकारका सहयोग गर्न तत्पर रहेको कुरा संस्थाका अध्यक्ष बिजय डंगोल तथा पदाधिकारीहरू बताउँछन् र सियोनाको उपचारका लागि जसले जति सकिन्छ सहयोग गर्न अपिल समेत गरेको छ साथै सम्पूर्ण स्कटलैन्डवासीहरू प्यारी सियोनाको अतिशिघ्र स्वास्थ्य लाभको कामना गर्दछ साथै यस्तो अवस्थामा श्री पशुपतिनाथले सियोनाका अभिभावकहरूलाई धेरै धैर्य धारण गर्ने शक्ति प्रदान गरून् को कामना गर्दछ। सहयोग को लागि तल दिएको गोफण्डमी लिंकमा जानहुन अनुरोध गर्दछौं।
धन्यवाद।।।
http://gf.me/u/yjuj97