नगरप्रमुख गैरे जनताकाे घरदैलाेमा।

प्रकाशित मिति: ११ पुष २०७७, शनिबार


गल्कोट नगरपालिका ।

बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका नागरिकहरु नगर सदरमुकाम तथा जनप्रतिनिधिसगं सम्पर्कमा आउन नसक्दा पछाडी परेको समुदायस्तरमा नगर प्रमुखको सक्रियतामा भेटघाट कार्यक्रम संचालन भईरहेको छ । यसै वीच आज गलकोट नगरपालिकाका वडा नम्वर २, को घामपानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, उप प्रमुख रेनुका काउचा मगर वडा नम्वर २ का अध्यक्ष हिमबहादुर भण्डारी, वडा सदस्य घनश्याम कुवर लगायतको टोली आज गलकोट नगरपालिका वडा नम्बर २ को घामपानी दलीत बस्ती तथा तोरीखोलामा पुग्नुभएकोे हो । भेटघाटको अवसरमा निर्माणधिन विभिन्न आयोजना अबलोकन पछी नगर प्रमुख भरत शर्मा गैरे नरेठाटी घामपानीमा नगर स्तरीय योजनाबाट बन्दै गरेको सामुदायीक भबनको निर्माण कार्य चालु आर्थिक बर्ष भित्र सम्पुर्ण ब्यबस्थापन गर्ने बताउनुभयो । उहाँले घामपानीमा स– साना बालबालीकारु लाई पढ्न पायकपर्ने स्थानमा बाल बिकास केन्द्र संचालन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । भविष्यका साझेदार बालबालीकाहरुलाई आगामी शैक्षिक सत्र बाट घामपानीमै बाल बिकास केन्द्र स्थापना गरि संचालनमा ल्याउने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो ।

नरेठाटी तोरीखोला स्थित सञ्चालन हुँदै आएका घरबासहरु कोरोना भाईरस कोभिड १९ का कारण बन्द हुने अबस्थामा पुगेकाले अब फेरि पुरानै अबस्थामा फर्काउन नगरपालिकाले गर्नुपर्ने सहयोगका बारेमा होमस्टे संचालकसंग अन्तरक्रिया सम्पन्न भएको थियो । अन्तरक्रियाको क्रममा नगर प्रमुख गैरे होमस्टेलाई प्रर्वद्धन गर्न नगरपालिकाले सधै साथ र सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सो अवसरमा गलकोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचाले पछिल्लो समयमा महिलाहरु सामाजिक तथा बिकास निमार्णमा अग्रसर बन्दै आएको बताउँनुभयो । उहाँँले तुलनात्मक रुपमा महिलाहरुमा क्रियाशिलता बढेपनि महिलाहरु अझैं समाज बिकासमा उत्साहजनक सहभागि हुनुपर्नेमा जोड दिनुभयो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
मिथला अन्चलामा आज कर्मा धर्मा पर्ब भब्यताको साथ मनाउदै

नेपाली कथानक चलचित्र टुल्की को फस्ट लुक तथा टिजर सार्वजानिक

अनुसासन नै बाल बालिका तथा विद्यार्थी हरूको गहना : मौलाना मशहूद

पर्सा प्रहरीले २ महिनामा २ करोड ५० लाखको राज्शव बुझायो

बम पड्काएर सर्बासाधारण त्रास बनाउने गिरोहका नाईके अंसारी पर्सा प्रहरीको कब्जामा

आफनो बनाएर दर्जनौं ब्यक्तीलाई ठगी गरेको पीडितको आरोप ठगलाई कार्बाहीको माग

लिलामी सुर्ती र चिनी बील देखाएपछि छाडियो

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मनायो ५९ औं वार्षिकोत्सव

उपाध्यक्ष फातिमालाई प्रचण्डको जवाफ: राष्ट्रिय सहमति नभई एमसीसी पास हुँदैन

एम सि सि उपाध्यक्ष को बिरोध हुनसक्ने भन्दै ५४ जना पक्राउ