स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकहरुको बुझाईका कारण सरकारलाई काम गर्न सहज भएको बताउनु भएको छ ।

प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकहरुको बुझाईका कारण सरकारलाई काम गर्न सहज भएको बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित कोरोना महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले पछिल्लाे समय महामारी बिरुद्ध काम गर्न सहज भएको बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘कोरोना संक्रमण र यसको उपचारको बारेमा पछिल्लो समय नागरिकको सही बुझाइले सरकारलाई काम गर्न सहज भयो ।’

कार्यक्रममा बोल्दै मन्त्री ढकालले अबको चार महिनामा संक्रमितको संख्या करिब १ लाख ४८ हजार पुग्नसक्ने सरकारको अनुमान रहेको बताउनुभयो । उहाँले हालसम्म १६ लाख ५० हजारकाे कोरोना परीक्षण भइसकेको बताउनुभयो । नेपाल सरकारले नेपालको कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिएकोमा १६ लाख ५० हजारको पीसीआर परीक्षण गरिएको मन्त्री ढकालको भनाइ छ ।

कोरोना महामारी नियन्त्रणका लागि देशभरका सम्पूर्ण स्वास्थ्य संरचनाहरुको अधिकतम प्रयोग भइहेकाे उहाँकाे दावी छ। त्यस्तै मन्त्री ढकालले कोरोना संक्रमितहरु मध्ये ८० प्रतिशत होम आइशोलसनमा रहेको जानकारी दिनुभयो ।

कोरोना संक्रमितहरुका लागि बेड ब्यावस्थापन, औषधि आपूर्ति र अक्सिजनको प्रबन्ध मिलाउने काममा सरकार जोडदार लागि परिरहेको बताउनु भएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का सग अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’

हेटौंडामा पनि “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन

बाग्लुङ गल्कोट बाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

गल्कोटबाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी

पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना कांग्रेसमा प्रवेश

बिनोद भण्डारीको निर्देशनमा खेम सेन्चुरी र कमला पोख्रेलले गायको ‘बाटो बिरिन्छ’ चर्चामा..

खुमन अधिकारी र मिनु बि.सी.को माया जोख्ने तराजु सार्वजनिक…

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन मा बिवेक

उसको सोचाईले मेरो भाग्यको निर्धाराण गर्छ