युवा व्यवसायी एवम् समाजसेवी सापकोटाले गरे खेलाडीलाई सहयोग ।

प्रकाशित मिति: २५ कार्तिक २०७७, मंगलवार

शुभदिपावली को सुखद अवसरमा बारा जिल्लाको जितपुरमा भइरहेको भेट्रान्स फुटबल प्रतियोगितामा सहभागी हेटौंडाको ‘हेटौंडा भेट्रान्स’लाई हेटौडाका समाजसेवी एवम् युवा व्यवसायीद्वारा जर्सी तथा खेल सामग्री सहयोग गरिएको छ । आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड हेटौंडाका बरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटा र मार्केटिङ्ग म्यानेजर केवल बानियाले संयुक्त रुपमा हेटौंडा भेट्रान्सलाई जर्सी तथा खेल सामग्री सहयोग गर्नुभएको हो ।
सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका युवा व्यवसायी योग्यराज साप्कोटाले मकवानपुरका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ । खान नपाउने लाई खाद्यान्न देखी बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका साप्कोटाले पछिल्लो समय खेल क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।

बाराको जितपुरमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा हेटौंडा भेट्रान्स विजयी हुँदै सेमीफाइनल चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा हेटौंडा भेट्रान्सले बिरगन्ज भेट्रान्सलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । सेमीफाइनल चरणमा भोलि बुधबार हेटौंडा भेट्रान्सले सिमरा भेट्रान्ससँग खेल्नेछ ।
जर्सी एवम् बिभिन्न खेल समाग्री सहयोग गरेकोमा योग्यराज साप्कोटा एवम् केवल वानियालाई हेटौडा भेट्रान्स टिमले धन्यवाद व्यक्त गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का सग अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’

हेटौंडामा पनि “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन

बाग्लुङ गल्कोट बाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

गल्कोटबाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी

पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना कांग्रेसमा प्रवेश

बिनोद भण्डारीको निर्देशनमा खेम सेन्चुरी र कमला पोख्रेलले गायको ‘बाटो बिरिन्छ’ चर्चामा..

खुमन अधिकारी र मिनु बि.सी.को माया जोख्ने तराजु सार्वजनिक…

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन मा बिवेक

उसको सोचाईले मेरो भाग्यको निर्धाराण गर्छ