हेटाैंडा-१६ मा नेकपा र राप्रपा परित्याग गरी १४५ जना कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २२ कार्तिक २०७७, शनिबार

हेटाैंडा-१६ काे ठूलाे आकाशधारा र खाती टाेलमा शनिबार भएकाे छुट्टाछुट्टै कार्यक्रममा एकसय ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन नेकपा एमालेका नेता राधाकृष्ण खातीसहित नेकपा र राप्रपा परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलगायतले नव प्रवेशीलाई टीका र खादा लगाएर पार्टीकाे सदस्यता प्रदान गरेका थिए ।
हेटाैंडा-१६ मा निर्वाचित वडाध्यक्ष एवम् कांग्रेसका वडा सभापति रामकृष्ण काेइरालाकाे अध्यक्षतामा पार्टी प्रवेश तथा दीपावली, नेपाल संवत् तथा छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएकाे हाे । कार्यक्रममा बाेल्दै पूर्व गृहराज्यमन्त्री कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कम्युनिष्टले मुलुकलाई खाेक्राे बनाएकाे आराेप लगाए । कम्युनिष्टलाई विश्वास गरेर जनताले सत्तामा पुर्याए पनि उनीहरुले जनताकाे भावनाअनुसार काम गर्ननसकेकाे बताए । ‘कम्युनिष्टहरुले जनतालाई गुलियाे कुरा गरेर यतिन्जेलसम्म भुलाए, अब जनता सचेत भइसकेका छन् । पछिल्लाे समय कांग्रेसमा फर्केनेकाे लहर नै चलेकाे छ । जनताकाे विश्वासलाई हामी कुठाराघात गर्दैनाैं ।’ बानियाँले भने । कांग्रेसबाट वडाध्यक्षमा निर्वाचन जिते पछि आकाशधारा पानीसरा क्षेत्रमा पानी, बाटाे र बत्ति पुगेकाे स्मरण गर्दै कांग्रेस सधैं जनताकाे दुःखसुखकाे साथी रहेकाे उनकाे भनाइ थियाे । हटिया र आकाशधारा हुँदै डम्बरपुरबाट निजगढसम्म पुग्ने बाटाे स्तरीकरण गर्न प्रदेशबाट आफूले बजेट हालिदिने पनि उनले प्रतिवद्धता जनाए । वडाका बासिन्दाकाे आयआर्जन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न पार्टीले सहयाेग गर्ने पनि बानियाँले बताए ।
नवप्रवेशीलाई सम्बाेधन गर्ने क्रममा बानियाँले उनीहरुकाे क्षमता र क्रियाशीलताकाे आधारमा पार्टीमा भूमिका दिने पनि प्रतिवद्धता जनाए ।
दुवै कार्यक्रममा पार्टीका महासमिति सदस्य दिनेश उपाध्याय,
जिल्ला सदस्य कृष्णप्रसाद दाहाल र नामदेव शिलवाल हेटाैंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हेटाैंडा-६ का निर्वाचित वडाध्यक्ष अर्जुनप्रसाद चाैलागाईं, कृष्णप्रसाद दाहाल, स्थानीय नेता साेमबहादुर माेक्तान, सुरेश तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय लाेक गायक गायिका प्रतिमा अर्याल र दिपेन्द्र पुन मगरले सांगितिक प्रस्तुतिमार्फत मनाेरञ्जन दिलाएका थिए ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का सग अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’

हेटौंडामा पनि “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन

बाग्लुङ गल्कोट बाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

गल्कोटबाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी

पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना कांग्रेसमा प्रवेश

बिनोद भण्डारीको निर्देशनमा खेम सेन्चुरी र कमला पोख्रेलले गायको ‘बाटो बिरिन्छ’ चर्चामा..

खुमन अधिकारी र मिनु बि.सी.को माया जोख्ने तराजु सार्वजनिक…

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन मा बिवेक

उसको सोचाईले मेरो भाग्यको निर्धाराण गर्छ