भालुको आक्रमणबाट नौ वर्षीय टेकबहादुर पार्की घाइते

प्रकाशित मिति: २२ कार्तिक २०७७, शनिबार
bhalu

भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् । भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको छ ।

बालकको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । पाखुराको दुवैतिर शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डा सोहम शाहले बताउनुभयो । घाइते बालकका बुबा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो । यस वडामा वर्षेनी भालुले आक्रमण गर्ने गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जबाट आउने भालु, बँदेलको आक्रमणका कारण जिल्लामा वर्षेनी केहीको मृत्यु हुने गरेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का सग अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’

हेटौंडामा पनि “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन

बाग्लुङ गल्कोट बाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

गल्कोटबाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी

पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना कांग्रेसमा प्रवेश

बिनोद भण्डारीको निर्देशनमा खेम सेन्चुरी र कमला पोख्रेलले गायको ‘बाटो बिरिन्छ’ चर्चामा..

खुमन अधिकारी र मिनु बि.सी.को माया जोख्ने तराजु सार्वजनिक…

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन मा बिवेक

उसको सोचाईले मेरो भाग्यको निर्धाराण गर्छ