जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

प्रकाशित मिति: २९ आश्विन २०७७, बिहीबार

भाद्र २८ र २९ गतेको बाढि पहिरोका कारण परिवार गुमाएका र घरबार विहिन भएका जैमिनी नगरपालिका टुनिबोट र विनामारेका दश प्रभािवत परिवारलाइ आर्थिक सहयोग गरिएको छ ।
बागलुङ सेवा समाज मलेशिया,बागलुङ सेवा समाज दक्षिण कोरिया ,गँगा शर्मा बागलुङ समाज बेल्जियमका अध्यक्ष र समाजसेवी तथा कलाकारर लक्ष्म्मण श्रीले उपलब्ध गराएको सहयोग प्रतिपरिवार ५५ सयका दरले प्रदान गरिएको हो ।
सहयोग प्रदान गर्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले विदेशमा रहेर पनि गाउँ दुख्दा दुखि हुने सबै सहयोगी सस्था तथा व्यक्तिलाइ धन्यवाद दिए । सबै तयारी गरेर विस्थापितको वस्ति निर्माण गर्ने गरि अघि बढेको र विदेशमा बस्ने नेपालीलाइ कुनै सहकार्य गर्ने अवस्था भएमा पछि जानकारी गराउने बताए ।
समाजसेवी तथा कलाकार लक्ष्मण श्रीले एउटाको दुखमा अर्को नेपालीले पनि दुख्ने भन्दै आउदा दिनमा पनि एकलाइ परेको पिडा सामुहिक प्रयत्नबाट मल्हमपट्टी गर्नुपर्ने धाराणा राखे ।
बाढि प्रभावित देवराज शर्माले विभिन्न सघसस्था र व्यक्लिे राम्रो सहयोग गरेको र आफुहलाइ अव दिर्घकालिन बासको आवश्यकता रहेकोले सम्बन्धित सबैल्े त्यतातिर ध्यान दिनुपर्ने बताए ।
उक्त राहात प्रदान कार्यक्रममा पुर्व सभाषद बलावती शर्मा, नगर कार्यपालिका सदस्य लाल बहादुर पयिार, नगर शिक्षा प्रमुख खेम आचार्य लगायतको उपस्थिती थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज