जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

प्रकाशित मिति: २८ आश्विन २०७७, बुधबार

कैदीबन्दीलाई कोचाकोच राखिएका कारण जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च देखिएको छ। देशभरका जेलमा क्षमताभन्दा ६ हजार कैदीबन्दी बढी रहेको राष्ट्रिय मानवअधिकार आयोगको अनुगमनले देखाएको छ। मुलुकभरका ७० वटा जेलमा २४ हजार १ सय ६३ कैदीबन्दी कोचाकोच रहेको भेटिएको छ।

आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा बागमती प्रदेश कार्यालयसमेत संलग्न अनुगमन टोलीले यही असोज १५ गतेसम्म अनुगमन गरेको थियो। ५ सय ६२ कैदीबन्दी कोरोना संक्रमित भई उपचाररत रहेको आयोगले जनाएको छ। १ सय ४६ जना कोरोनामुक्त भएका छन्।

देशभरका जेलमा रहेका कैदीबन्दीमध्ये १ हजार ४ सय ५२ जनामा रुघाखोकी र ज्वरो देखिएपछि पीसीआर परिक्षण गरिएको थियो। तीमध्ये ७ सय ४५ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो। कोरोनाका कारण जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा ६ र बाँकेमा १ जनाको मृत्यु भएको छ।

सिरहा जेलमा रहेका ४ सय ८६ जनाको उपचार चलिरहेको छ। यस्तै सदरखोर डिल्लीबजारका ३१ र सुनसरीमा २० जना उपचाररत छन्। केन्द्रीय कारागारमा ५९ जना संक्रमणमुक्त भएका छन् भने ३ जना अझै उपचाररत छन्।                                                अन्नपूर्ण पोस्ट दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज