तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

प्रकाशित मिति: २८ आश्विन २०७७, बुधबार

सुरुवातनै कसरी गरौं शब्दनै आइरहेका छैनन, किनकी जुन बिषयमा म आज कलम चलाऊदै छु – त्यसले मलाइ म पुरुषहुनुमा नै लज्जा बोध गराएको छ।
                                                              बलत्कार…!!                                                           के पुरुष हुनुनै बलत्कारी हुनु हो र? होइन भने पुरुष भन्दा बलत्कारी किन बढि रहेका छन त? तपाइ पुरूष, बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ? के बलत्कार गर्नुनै पुरुषार्थ सम्झिनु हुदै हुनुहुन्छ? यि प्रश्न जब म आफैलाइ गर्छु पुरुष भएर जन्मिनु नै पाप गरेछु जस्तो लाग्छ। मलाइ मात्र होईन यो ति सब्बै पुरुषहरुलाइ लाग्छ, जो पुरूष भएर जन्मिएर मात्रै समाजको सोचमा बलत्कारीको उपमा भिर्न बाध्य भएका छन, कारण केहि पुरुष रुपि राक्षस बलत्कारीहरूले पुरुष शब्दकोनै बदनाम गरिदिए।
तपाइंलाई  लाग्ला सब्बैलाइ एकै किन सोच्छन त महिलाहरु ? हामिले त गरेका छैनौ? तपाइले एउटा उखान त सुन्नु भएकै छ नि, “अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सन्छ” । “ बलत्कार गर्ने पुरुष, हामि पनि पुरुष अनि कुन पुरुषले कति बेला गर्छ के गर्छ के थाहा त! कसरी चिन्ने? यस्ता घटनाहरु पनि भोगि सके कि आफ्नै, ससुरा, श्रिमान आफन्त बाटै बलत्कार हुन्छन, कलिलो १५ बर्ष भन्दा तलका बालिकाहरूनै बलात्कृत हुन्छिन अनि कस्को मान्ने त बिश्वास? कसरी मान्छन त बिश्वास सोचौ त?

के अब हामिले यो पुरूष शब्दमै लागेको दाग नहटाउने त? कि समस्या पर्ने महिलाहरूलाइ हो, गर्ने अरुनै हुन, मलाइ के मतलब छ भनेर बलत्कारीको दाग लागेको पुरुश शब्दनै टाउकोमा भिरेर समाजको सोचमा बलत्कारी भएर बस्ने? सब्बै पुरुष बलत्कारी होइनन, बलत्कारी मानवनै होइन भनेर प्रमाणित गर्नै पर्ने बेला आएन र अब? तपाइ आत्मसमिक्षा गर्नुस म अगाडि बढ्छु।

अहिले हाम्रो देशमा, समाजमा दिनहु बलत्कार जस्ता जघन्य, कुकृत्य घटनाहरु दिनानु दिन, दिन दुइ गुना रात चौगुनाका दरले बढिरहेका छन। एक तथ्याँङ्क अनुसार देशमा दैनिक ६ जना भन्दा बढि बलत्कारको शिकार भैरहेका छन। ति मध्ये कलिला बालबालिकाहरु पनी पर्छन। कुनै महिलालाइ बलात्कार तथा जबरजस्तीकरणी गर्न, यौन हिँसा गर्नु नेपालको सम्बिँधानले गैरकानुनि मान्छ र कडा भन्दा कडा सजायको समेत व्यवस्था गरेको छ तर पनि आखिर किन बढिरहेको छ त बलत्कार ? केहि कारणहरु र मेरो बिचारमा तिनको यथार्थ वृतचित्र तल वर्णन गरेको छु।

महिलाहरुमाथी हुने यौन हिँसाको प्रमुख कारण भनेको  पहिले देखि चलिआएको पुरुष प्रधान समाजमा अहिले हामिले लडिरेको समानताको लडाई हो। हाम्रो पुरूष प्रधान समाजमा पुरूषलाइ जहिल्लै पनि माथिनै राखेर हिड्यो। त्यो समाजले महिलाका लागी मर्यादाहरू खडा गर्यो तर पुरूषलाइ आफ्नो मर्यादा कहिल्लै सिकाएन। पुरूषले जे गर्यो तेहि सहि हुने तर महिलाको लागी सहि या गलत पनि पुरुशले छुट्याउन पर्ने भयो। पुरुषले  महिलाहरूलाइ आफ्नो बशमा राख्न मात्रै पुरुषार्थ र मर्दाँगी सम्झे अनि त्यहि परम्परालाइ समाजले अगाडि बढायो र त्यहि सिक्दै आयौँ तर समिक्षा कहिल्लै गरेनौँ। समाज बदल्यौ भनिउ, देश बदलेउ भनिऊ र बदेलेउ पनि तर सोच भने कहिल्लै बदलेनौ। भौतिक्तामा कयौँ परिवर्तन ल्यायौँ होला तर सोच भने सँकुचित को सँकुचितनै रह्यो। अहिले पनि कुनै केटि एक्लै बाहिर हिड्छे भने, राति अबेर सम्म घर फर्किदैन भने, कोहि केटासँग सँगै हिडेको कुरा गरेको देख्यौ भने मात्रै पनि सिधै क्यारेक्टरमाथि प्रश्न उठाऊने यो समाजले, कुनै केटाले राती राती चुरोट, लागु पदार्थ खाएर बाईक कुदाएर हिड्दा, दैनिक कयौँ केटिहरूलाइ फकाई,फुलाइ प्रेमको नाटक गरेर, प्रेमिका बदलि बदलि हिड्दा पनि कहिल्लै प्रश्न उठाएन समाज ले। एउटा केटाले बजारमा साथिहरु सँग हिड्दा केटि जिस्काएन भने तेसलाई  ति साथीहरूले छक्काको सँज्ञा दिन्छन, कस्तो सोच हो हाम्रो? छोरिलाइ बाहिर निस्किदा कयौँ प्रश्न तेर्स्याएर खर्खर्ति पार्ने अभिभावकले कहिल्लै छोरा किन ढिलो आएको?, कहा थिईश?, के गर्दैछस? भनेर प्रश्न सम्म गर्न भ्याएनन। छोरिलाइ तिमि हाम्रो घरको ईज्जत हौ ईज्जत र मर्यादामा बस भन्ने आमा बुवाले छोरालाइ अर्काको घरको ईज्जतलाइ सम्मान गर है भनेर कहिल्लै सिकाएनन, बरु छोरा हो नी मर्द हो, जे गरे नि के छ र भन्दै बचाऊन खोजे, मानसिकता त्यस्तै बस्यो। न त समाजले मर्यादा सिकायो न त अभिभावकले नै कारण जो लाइ जेगरे पनि हुन्छ मैले त, मलाइ रोक्ने को छ र भन्ने मानसिकता बढ्दै गयो र तिनको सोचले बलात्कार जस्ता घटना घटाऊन पनि बाध्य बनायो। हो, छोरि मान्छेले समाजमा हिड्दा कयौँ आधारभूत मर्यादा भने पुरा गरेरै हिड्नु पर्छ, जुन प्रकृतिलेनै तय गरेर जिम्मा दिएका छन त्यो बाट कदापि बिर्षिन र पन्छिन पाइन्न नत्र यसको असर आफैले भोग्नु पर्छ कोहि जिम्मेवार हुदैनन। लहलह्यमा लागेर आफ्नो मर्यादानै बिर्षेर समाजमा हिड्दा अपराधीहरुका लागी त सुनमा सुगन्ध मिसाए जस्तै हुन्छ नी, यत्ति त गर्नु परो नी छोरिमान्छेले। यसो भनिरहदा छोरामान्छेका यो समाजमा कुनै मर्यादा नै छैनन र?? किन यो समाज छोरा मान्छेकालागी मर्यादा नै राख्दैन? प्रकृतिले सुरुमै बनाएका मर्यादा पनि किन तोडेर बसेको छ त समाज? प्रश्न उठ्छ के छोरिमान्छे मर्यादा भित्र बसेका छन त अचेल? छैनन।  मलाइ लाग्छ, त्यसको कारण पनि समाजनै हो। मुखले सधै महिला पुरुष  बराबर हुन भनेर नारा लगाऊने तर सोच अनि व्यवहारमा भने कहिल्लै लागु भएन कारण महिला पुरुष साच्चिक्कै बराबर हुन भने पुरूषले गर्ने कृयाकलाप हामिले किन नगर्ने हामि कम छौ र हामि पनि सक्छौ भन्ने मानसिकताले छोरिमान्छेलाइ प्रभावित बनायो र केटामान्छेले गर्ने सहि गलत, मर्यादित, अमर्यादित कामनै नछुट्याई, आफ्नो मर्यादा समेत भुलेर प्रतिशप्रधामा उत्रिए र परिणाम गलत आयो। सहि गलत नछुट्याइ बराबरीको प्रतिशपर्दा गर्नु छोरी मान्छेको गल्ति थियो भने गलत बाटो देखाउन र पछि त्यस्को गलत फाइदा उठाऊन छोरा मान्छेको गल्ति होईन र? प्रश्नको उत्तर खोज्न जरुरी छ। यदि समाजमा छोरा मान्छे र छोरि मान्छे प्रकृतिलेनै तय गरेका न्युनतम सामाजिक मर्यादामा बस्ने हो भने मात्रै पनि यस्ता घटना नै घट्ने थिएनन होला।

धेरै ठाउमा सुन्छु महिलाको पहिरनले पनि बलात्कारका घटना घट्नमा भुमिका खेलिरहेको छ। म तपाइलाइ एउटा प्रश्न सोध्छु?  कन्चनपुरकि १३ बर्षिय बालिकाको बलात्कार पछि हत्या पहिरनको कारणले भएको हो र? बझाङकी बालिका सम्झना बि.क.को बलत्कार पछि हत्या पहिरनको कारणले भएको हो? यस्ता कयौँ उदाहरण छन । एक पटक सोच्नुस यि नाबालिकाहरुको के दोश थियो? यिनिहरु छोटा कपडा लगाएर हिड्दै थिए की ? केटाहरुलाइ जिस्काउदै हिड्दै थिए की? के गरेका थिए र तपाइ हामी बलत्कारको कारण पहिरन हो भनेर ठोकुवा गर्दै हिड्दैछौ।

उन्मुक्ति को नाममा छातिनै खोलेर समाजमा हिड्दा एउटा केटालाइ हिरोको सँज्ञा दिन्छौ भने भने उनिहरुको पहिरनमा किन आँखा लगाऊने? यसो भनिरहदा केटिहरूले नाँगै हिड्दा हुन्छ र हाम्रो सँस्कार नमाने पनि हुन्छ भनेको होइन। हाम्रो समाजमा बसेर हाम्रै समाजको सँस्कारमा नमाने त केहि औचित्य भएन। तर छोरिमान्छेले समाजमा निश्चित मर्यादा भित्र रहेर बस्नै पर्छ। र त्यस्को ख्याल हरेक पल हुनु पर्छ । यसो भन्दा छोरामान्छेले मर्यादामा बस्नै हुन्न भन्ने होईन। छोरामान्छेका पनि मर्यादाहरु छन। तिनिहरु भित्र बस्नु पर्छ। अहिले स्वतन्त्र भएर बाच्न पाउने अधिकार जो कोहि सँग पनि भएको हुदा उहाहरूको स्वतंत्रताको पनि सम्मान हामिले गर्नै पर्छ। आफ्नो ईज्जतमा बसेर जस्तो सुकै पहिरन लगाऊन त्यो तिनिहरुको अधिकारको कुरा हो।

युरोपीयन मुलुकहरु बाट कहिल्लै बलत्कार पछि हत्या भयो अर्थात बलत्कार पछि एक महिला समाजमा मुख देखाऊन नसक्ने भईन समाजले बहिष्कार गर्यो भन्ने सामाचार कहिल्लै सुनिन्नन। त्यहाँ पहिरननै हेरेर बलत्कार हुने थिए भने कस्तो हालत हून्थ्यो होला सोच्नूस न त? त्यहाँ बलत्कार गर्नु पर्छ भन्ने जस्ता नेगेटिभ सोचनै छैनन, अपराधीलाइ सरकारले कार्वाही गर्छ र दण्ड भोग्छ र पिडितले न्याय पाँऊछ। यस्ता घटनामा समाजले मतलबनै राख्दैन तर हाम्रो समाजको सोच कस्तो भयो भने यहि समाजमा त्यस्ता कुकृत्य हुने, यही समाजले गर्ने र यहि समाजले त्यसलाई बहिष्कार गर्ने ? न त उजुरी गर्दा सरकारले समयमा न्यायनै दिन्छ, न त समाजलेनै स्विकार्छ। अनि कसरी बाच्ने त पिडितले?

यसो भनि रहदा मैले युरोपीयन सस्कारनै नेपालमा भित्र्याऊन पर्छ भनेको होईन, त्यो सम्भव छैन तर त्यहाको पोजिटिव सोचलाइ हामि हाम्रो समाज र सँस्कारमा प्रयोग गरौँ त, कस्तो सभ्य बन्छ हाम्रो समाज। यसो भनिरहदा पुरानै समाज रहिरहनु पर्छ बिकास हुननै पर्दैन भनेको पनी हुदैहोईन बिकाष अनि आधुनिकता त निरन्तर चलिरहने प्रकृया हो र यो चलिरहन पर्छ। नत्र हामि त्यहि ढुङ्गे युगमै रहिरहने थियौ। मान्छेले गरेको बिकासले नै आज हामि यति सक्षम र बद्धिमान कहलिन्छौ र ब्रमाण्डमा कति कति मानव जिवन उपयोगी आविष्कार गरिसकेका छौ। र यो निरन्तर भईरहन्छ। यसरी हामि आधुनिकतामा रमाइ रहदा हाम्रो सोचाइमा पनि बिकाष हुन पर्छ भन्ने हो। सोच फराकिलो बनाऊदै लानु पर्छ। तर हामि समाजीक प्राणी भएर, समाजमा बस्नु पर्ने हुदा मनपरि गर्न मिल्दैन त्यसकारण फराकिलो सोच बनाउदा आफु बसेको समाज सँस्कारलाइ ध्यान राख्नु पर्ने हुन्छ। गलत कुरालाइ समाजबाट हटाउने र राम्रो कुरा अगाल्ने पनी हाम्रो दायित्व हो। किनकी समाज भनेका नै हामि हौँ र हामि सभ्य भए समाज आफै सभ्य हुन्छ। हामिले देखेका सम्पन्न मुलुकहरू पनि आफ्नो पोजिटिव सोचकै कारणले त्यहा पुगेका हुन तर हामि भने आफ्नै समाज मिलाउन, सभ्य बनाउन सकिरहेका छैनौ। बलात्कार, हत्या हिँसा, ठगिमै रुमलिरहेका छौ र पोजीटिव सोच कसरी पलाओस त नेगेटिभिटिमै रुमल्लिरहेका बेला।

त्यसकारण हरेक कुरा मान्छेको सोचमा भर पर्छन, मान्छे हरेक परिस्थितिमा कसरी सोच्छ त्यसरीनै त्यस्को परिणाम आऊछ। छोरिमान्छेले एकदमै छोटो पहिरन लगाएको देख्दा यस्लाई बलात्कार गर्नु परो हैँ अब भनेर सोच्नुको सट्टा मतलबनै नगरि हिड्दिए के भयो र, के थाहा अर्को दिन एति छोटो लगाउन राम्रो रहेनछ भन्ने सोच आएर राम्रो पहिरनमा पो आउछिन की। जोश, जागर, ईमोशन हरेक सँग हुन्छ। त्योलाइ कसरी कन्ट्रोल गर्ने, कसरी सहि ठाउमा प्रयोग गर्ने की अर्काको जिन्दगी बर्वाद गर्नमा प्रयोग गर्ने भन्ने मान्छे स्वयमँमा भर पर्ने कुरा हो। सकारात्मक कुरा जे पनि सोच्नु हुन्छ त्यस्को परिणाम सकारात्मक नै आऊछ। यस्को मतलब सकारात्मक भनेर गलत कुरालाइ पनि प्रोत्साहित गर्नु पर्छ भन्ने होईन, त्यत्ती त छुट्याऊन त सक्नु पर्छ नी। त्यसैले अरुको पहिरन भन्दा पहिले आफ्नो सोच बदलौ, दुनिया आफै बदलिनेछ।
यस्तो सोचको लागी शिक्षा महत्वपूर्ण हो। हामिले बर्षौ देखि लाजको रुपमा हेरेको यौन शिक्षा अब हामि सब्बैले बुझ्न जरुरी छ। जिवनको एक महत्वपूर्ण पाटोको रूपमा रहेको यौनलाइ हामिले व्यवस्थित गर्नु पर्छ र यौन प्रतीको गलत धारण हटाउनु पर्छ।

अन्तिममा बलात्कार जस्ता घटना कम गर्न सरकारको पनि उतिक्कै भुमिका रहन्छ। देशमा कयौँ बलात्कारका कुकृत्य घटना घट्दा पनि दोशीलाई कानुन कटघरामा ल्याऊन नसक्दा बलात्कारीहरु लाइ थप उत्साह मिलेको साचो हो। देशको कानुन व्यवस्था सुस्त द्रुस्त हुदा कानुनको डरले पनी यि घटना कमि आउनु पर्ने हो तर यस्मा नेपाल प्रहरी चुकेको देखिन्छ। अहिले सम्म कन्चनपुरकि बालीका निर्मला पन्तको बलत्कारी हत्यारा अझै सम्म कानुनले कटघरामा उभ्याऊन नसक्नु यस्को एक ज्वलन्त उदाहरण हो। अब देशमा बलात्कारीलाइ फासिको सजाय ल्याऊन जरुरी भएको छ अनि मात्र निर्मला पन्त , सम्झना बिक जस्ता नाबालिकाहरुले न्याय पाऊने छन। जब एक बलात्कारीलाइ फासिमा झुन्ड्याईने छ अनि मात्र यस्ता ब्यक्तिहरु यस्तो कुकृत्य कार्य गर्न नै डराउने छन। अरु नभए नी नाबालिकाहरुलाइ बलात्कार गर्नेलाइ त सिधै फासिमा झुण्याईनै पर्छ, यस्को लागी अब हामी सब्बैले आवाज उठाउने पो हो की? नत्र हाम्रो यो समयलाइ भबिष्यमा बलत्कारीको युग भनेर चिनिनेमा दुइ मत छैन।

 


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज